

महेश्वर शर्मा ,असनेपालन्युज ,सिड्नी । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै युवाहरुविच एकता र सद्दभाव फैलाउने उद्देश्यले आयोजित ‘नाइफा साँझ-2016’ भब्य रुपमा सम्पन्न भएको छ । सो अवसरमा दर्शकहरूलाई भरपुर मनोरन्जन दिंदै विविध हांस्यब्यङ्य तथा रोचक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
अष्ट्रेलियामा विभिन्न शिलशिलामा आई दुःख पाएका नेपाली विध्यार्थी र अष्ट्रेलियामा रहि आर्थिक रुपमा केहि अफ्ट्यरोमा परेका नेपाली समुदायहरुलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको नाईफाले जनाएको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पानसमा दिॄप प्रज्वलनगरि कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो ।। नाईफाका सचिव सागर अधिकारीले सुरू गर्नुभएको औपचारिक कार्यक्रमा अतिथीहरूलाई खादालगाई स्वागत गरिएको थियो। नाईफाका सदस्य दिवाकर काफ्लेले स्वागत मन्तव्य दिदैँ सम्पुण अतिथी,कलाकार,
समाजसेवि,नेपाली अभिवाभक,एनआरएनका पदधिकारी हरुलाई स्वागत गर्नु भएको थियो ।।
समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ ब्यक्तित्वहरूलाई सम्मान
कार्यक्रममा समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३ ब्यक्तित्वहरूलाई सम्मन गरिएको थियो । यसरी समुदयामा उल्लेखनिय भूमिका निभाए वापत ‘साहित्य तथा समाजसेवा’- तर्फ नेपाल- फिजि सांस्कृतिक राजदुत तथा अन्तर्ाराष्ट्रिय नेपाली साहित्य समाज(अनेसासका ) का केन्द्रिय उपाध्यक्ष एवं पत्रकार भीमसेन सापकोटा, समाजसेवा तर्फ,नेपाली पत्रका अस्ट्रेलिया सम्पादक ऋषि आचार्य र नेचुरल बडी विल्डर खेलकुद तर्फ सन्तोषकुमार श्रेष्ठ रहेका छन् । उहांहरूलाई डा. कुमुद धिताल र ईन्द्रा वनले संयुक्त रुपमा ट्रफी, प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
सो कार्यक्रममा सम्मानित को तर्फ बाट राजदुत भीमसेन सापकोटाले युवा शक्तिको एकतावाटै देश बिकासको मुल ढोका खुल्ने बताउंदै युवाहरु राजनीति, वर्ग , जात जाति र कुनै वादमा पनि बिभाजित नभै देशको हितमा फुट आउन नहुने बताउनु भयो । यस्तै आचार्य र श्रेष्ठले समेत समुदायको सेवामा आफ्नो निरन्तरता बारे प्रकाश पार्नु भयो।
स्थानीय प्रतिभाशाली कलाकारहरुको जोडदार प्रस्तुती , मोदीको क्यारिकेचर
दर्शकहरूले विशेस रुचि देखाएको सो कार्यक्रममा कलाकारहरु राजकुमार गोश्वामी, ईश्वर पोखरेल, समीर आचार्य, नरेश रेग्मी, संजीव पराजुली, राज कुमार गोस्वामी, शैलेश शर्मा, रन्जीता गोदार, सोनी पौडेल, केदार बरुवाल, प्रभेश अधिकारी, कपिल पन्त लगायतले आफ्नो प्रस्तुति दिएका थिए भने कपिल पन्तले मोदीको क्यारिकेचर गरेर उपस्थित दर्शकहरुलाई हँसाएका थिए । कार्यक्रममा गैर आवसिय नेपालीइ संघ एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बोल्दै नाईफाको शुभकामना साँझ अझै विस्तारित होस् भन्ने कामना गर्नुभएको थियो ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नेपाली समूदायका प्रतिभाहरुलाई यस्ता कार्यक्रमले गर्ने उद्देश्यमा एनआरएनको साथ रहने भन्दै आफुहरुले गर्न लागेको विद्यार्थी कल्याण कोषको निर्माणमा विभिन्न गतिविधिहरुमा पनि साथ दिन आहवान गर्नुभयो । यस्तै नेपालबाट अभिभावकहरु अष्ट्रेलिया आउँदा जति नै दिन आएपनि उहाँहरुको विमा गर्ने कार्यलाई प्राथमिकताका साथ गर्नुपर्ने पनि उहाँल बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत देवकोटाले गैरराजनीतिक र गैरनाफामूलक संस्था नाइफाले युवाहरुको प्रबद्र्धनमा विशेष कार्यक्रम ल्याउने जानकारी गराउँदै उपस्थित पुर्वाग्रह विहिन बनेर युवाजामात विच एकता बढाउनु आफ्नो लक्ष्य रहेको बताउनु भयो । उहांले सम्पुणअतिथी,कलाकार,
समाजसेवि,नेपाली अभिवाभक,एनआरएनका पदधिकारी हरुलाई आभार प्रकट गर्दै धन्यबाद दिनुभयो।
महेश्वर शर्मा, र सृजना खड्काको आकर्षक सुत्राधार कला बाट संचालित अनौपचारिक कार्यक्रमलाई आर्थिक रुपमा सघाउने विभिन्न ब्यवसायीलाई प्रमाणपत्र समेत सो अवसरमा बांडिएको थियो ।
नाईफाका सदस्य विनोद मैनालिले नाईफाका पदाधिकारीहरुको परिचयात्मक प्रस्तुति दिनुभयो।
अष्ट्रेलियमा रहेका नेपाली विधर्थीहरुलाई सक्दो सहयोग गर्न १०००० अष्ट्रेलियन डलरको अक्षयकोष स्थापना गर्ने उदेश्य रहेको जानकारी नाईफाका सचिव सागर अधिकारीले असनेपाल न्युजलाई जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न सँघ संस्थाहरुबाट आउनुभएका व्यक्ति र समाजसेविहरुको बाक्लो उपस्थितिरहेको थियो
युवाहरुको गौरव
सो कार्यक्रम सबै युवाहरुको गौरवको कार्यक्रम भएकाले यसको सफलताको श्रेय सबै युवामा जाने कार्यक्रम संयोजक विनोद मैनाली असनेपालन्युजलाई बताउनुहुन्छ । कार्यक्रमको दर्शकको रुपमा पुग्नु भएका राम्जी विस्ट असनेपालन्युजलाई बताउनुहुन्छ ‘समुदायमा रहेका प्रतिभा हरूलाई चिन्ने र चिनाउने यो कार्यक्रमले हाम्रो समुदायको मजबुत पक्ष लाई उजागर गरेको छ ।
कार्यर्कमको समाप्ति पछि संस्थाका अध्यक्ष देवकोटाले असनेपालन्युजलाई यस्तो प्रतिकृया दिनुभयो “-सम्पन्न शुभकामना साझ २०१६ मा उपस्थित सम्पूर्ण समुदायका सहयोगी मन हरुलाई म ह्रदयदेखी नमन गर्दछु। कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न दिनरात खट्ने NYFA का साथीहरु, सम्पूर्ण कलाकारहरु, स्वयम्सेबकहरु, मिडिया एबम हाम्रो $१०,००० डलर स्थापना गर्न महत्वपूर्ण योगदान गर्ने स्पोन्सर लगायत कम्युनिटी को भलो चाहने सबैलाई मेरो ब्यक्तिगत एबम NYFA परिवार को तर्फबाट बिशेष आभार प्रकट गर्न चाहन्छु।”








