मंसिर १५ । काठमाडौं, भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौं युगदेखिको सम्बन्ध बिगारेको बताएका छन्। मंगलबार साँझ ट्विट गर्दै उनले भनेका छन्, ‘अब त्यहाँ (नेपाल) मा चीन घुस्दैछ र महामहिम विश्व भ्रमणमा हुनुहुन्छ।’
नितिशकुमार नेतृत्वको गठबन्धनले बिहार चुनाबमा भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेपछि नेपालबारे लालु यादवको पहिलो भनाइ सार्वजनिक भएको हो।
भारतीय राजनीतिमा सधैँ सक्रिय रहेका उनले सोमबार साँझ ट्विट गर्दै मोदीको आलोचना गरेका हुन्। भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशहरुसँग के स्थिति होला? भन्दै लालुले प्रश्न गरेका छन्।
बड़े ताम-झाम से नेपाल गए थे, रिश्ता ही बिगाड़ लिया। बाकी देशों के साथ क्या होगा ?
— Lalu Prasad Yadav (@laluprasadrjd) November 30, 2015
‘ठूलो तामझाम सहित भ्रमण गरेको नेपालसँग त सम्बन्ध बिगारे। बाँकी देहरुसँगको हालत कस्तो होला?’, लालुले ट्विटमा भनेका छन्।
नेपाल जिससे युगों-युगों से हमारा रोटी-बेटी का संबंध था उससे संबंध बिगाड़ लिए. अब चीन वहाँ घुस रहा है, और जनाब “World Tour” पर है..1/2
— Lalu Prasad Yadav (@laluprasadrjd) November 30, 2015
भारतले नेपालमाथि गरेकाे नाकाबन्दीको भारतभित्रै कडा विरोध हुँदै आएको छ। सोमबार सुरु भएको हिउँदै अधिवेशनमा भारतीय संसदको तल्लो सदन लोकसभामा समेत कंग्रेसका सांसदहरुले नेपालमा भारतविरोधी भावना बड्नुको कारणबारे जवाफ मागेका थिए। नागरिक दैनिक।







