सिड्नी, नेपाली चलचित्रहरूले अष्ट्रेलियामा बजार विस्तार गर्ने क्रमले तिव्रता पाइरहेको छ । यसैगरी नेपाली कथानक चलचित्र कबड्डीले अष्ट्रेलियाको सिड्ड्नीबासी नेपाली समूदायको मन जित्न सफल भएको छ । ‘हो र होइन होला’ इभेन्टले बजार प्रवद्र्धन गरिरहेको चलचित्रले सिड्नीमा दुई सो गरेको हो ।
‘सिड्नीमा हामीले दुई सो गर्यौँ । ३०८ सिट संख्या रहेको हल हाउसफूल भएको थियो । हामीले सिड्नीमा शुक्रबार र शनिबार सो गरेका हौं । आगामी १२ डिसेम्बरमा पनि सो हुने छ’ इभेन्टका एक सदस्य महेस बाबु असनेपालन्यूजलाई जानकारी जानकारी दिए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न इभेन्टले सघाइरहेको भन्दै पछिल्लो समय अष्ट्रेलियाबासी नेपाली समूदायहरूमा नेपाली चलचित्र हेर्ने क्रम बढी रहेकोमा खुसी समेत व्यक्त गरे ।सो ईभेन्टको असनेपालन्युज समाचार मिडिया साझेदार रहेको छ ।








