म्याचफिक्सिङ आरोपित खेलाडी विरुद्ध आज मुद्धा दायर हुने

nepal-match-fixingकात्तिक २२ । काठमाडौं, म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पदाधिकारी बिरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर हुने तयारी भइरहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध मुद्धा दायर गर्न लागेको बताएको हो ।

२३ दिनसम्मको अनुसन्धान पश्चात प्रहरीले गत बिहीबार म्याचफिक्सिङ सम्बन्धी कागजपत्र सहितको मिसिल सरकारी वकिललाई बुझाएको थियो ।

२६ दिनअघि पक्राउ परेका नेपाली फुटबल टिमका कप्तान सागर थापा खेलाडीहरु सन्दीप राई,  विकाससिंह क्षेत्री, रितेश थापा र अञ्जन केसीलाई सम्भवत आदालतले आइतबार उपस्थित हुन निर्देशन दिने काठमाडौं प्रहरी परिसरका प्रबक्त एसपि विश्वराज पोख्रेलले  जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु