कात्तिक २२ । काठमाडौं, म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पदाधिकारी बिरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर हुने तयारी भइरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध मुद्धा दायर गर्न लागेको बताएको हो ।
२३ दिनसम्मको अनुसन्धान पश्चात प्रहरीले गत बिहीबार म्याचफिक्सिङ सम्बन्धी कागजपत्र सहितको मिसिल सरकारी वकिललाई बुझाएको थियो ।
२६ दिनअघि पक्राउ परेका नेपाली फुटबल टिमका कप्तान सागर थापा खेलाडीहरु सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा र अञ्जन केसीलाई सम्भवत आदालतले आइतबार उपस्थित हुन निर्देशन दिने काठमाडौं प्रहरी परिसरका प्रबक्त एसपि विश्वराज पोख्रेलले जानकारी दिए ।








