नेपाली जनताको करिब 70 बर्ष देखिको आफ्नो सम्बिधान आफैले बनाउने चहाना एक रुपले पूरा भएको छ कागजी रुपमै भए पनि, करिब 70 बर्ष अगाडि उठाइएको संविधानको माग आज आएर पूरा हुनु एक हद सम्म खुसिकै कुरा हो,भनेर भनिरहदा 70 बर्स अगाडिका सम्बिधान्का एजेन्डा र अहिलेका एजेन्डा कदापी एक हुन सक्दैन केही मुलभुत एजेन्डा बाहेक, मानिस का चाहाना अबस्यकता गतिशिल भए झै सम्बिधानका एजेन्डा हरु पनि गतिशिल साथै धेरै नागरिकका मागलाइ समेटेको हुनु जरुरी थियो र जरुरी छ, किनकी सम्बिधान कुनै धर्मग्रन्थ कदापी हैन यो परिबर्तन शिल हुनुपर्दछ समयको बेग संगै, सम्बिधानमा जनताको अपन्त्व हुनुपर्छ यो जगजाहेरकुरा हो हाम्रो घोषण हुन लागेको सम्बिधानमा अपन्त्व छ्की छैन त्यो त ब्याक्तीको मुल्यान्कन गर्ने छमताले पनि बताउला तर मेरो बयक्तिक मुल्यांकन ले कहि कतै मेरा माग हरु सम्बोधन गरे भन्ने मलाइ लाग्दैन अनि म किन दिपावली मनाउ?? सरकार ले दिपावली मनाउने उर्दि जारी गर्दैमा।
येस्तै सम्बिधानको सपना बोकेर करिब 17 हजार बिर नेपाली हरुले युद्ध भुमिमा साहादत प्रप्त गरेका पक्कै थियेनन र लाखौ मानिस अङ भङ्ग पनि हुने थियेनन उनिहरुलाइ पहिलानै येस्तो सम्बिधान को खाका प्रस्तुत गरेर उनिहरुलाइ जनयुद्ध मा आमन्त्रित गरिन्थ्यो भने!भन्न त भनिएला भन्नकै निमित्त तेहि जनयुद्धको बलमा गणतन्त्र आयो भनेर तर येहि बताउदै गर्दा जनयुद वा जन आन्दोलनको माग यो कदापी थियेनकी एक राजा ढलाएरा 601 राजा हरु तयार पार्ने। अनि म किन यो देशको संविधान बन्यो भनेर दिपावली मनाउ??
करिब 2 दशकको अबधिमा 25 वटा सरकार परिबर्तन हुनेमेरो देश दिल्लिमा पानी पर्दा सिहदरबार मा छाता ओढ्ने परिपाटी काएमै राखिन्छ भने म के आधारमा खुसियाली मनाउ देशले सम्बिधान पायो भनेर।
सुदुर्पश्चिम मा सिटामोल खान नपाएर बर्सेनि हजारौले अकालमा ज्यान गुमाइरहदा सिहदरबारमा संसदीय खेलाडिहरु सरकार बनाउन र ढलाउन करोडौं को मोलमोलाइ गर्ने ब्यबस्था लाई गणतन्त्रको वकालत गर्ने संविधान मलाइ चाहिएको छैन,दैनिक दशौ हजार युबाहरु हनिमुन पनि मनाउन नपाइ 50°C को गर्मीमा भेडा चराउन लखेटिने परिपाटीलाई निरन्तरता दिने सम्बिधान त्यो कसरी मेरो हुन सक्छ। दसौ लाख युबाहरु चरम गरिबी र बेरोजगारिमा रहेको देखि देखि उनिहरुलाइ कुनै सम्बोधनै नगरी ल्याइएको खोस्टो मेरो सम्बिधान कसरी हुन सक्छ?? मलाइ उत्तर चाहिएको छ सरकार अनि आफुलाइ सम्बिधानको मसिहा ठान्ने दलका शीर्ष नेतृत्वबाट, मेरो छिमेकी तल्लाघरे ले facebook मा status लेख्दा 5 बर्स जेल र सिहदरबार बासी बसि मान्छे मार्न उक्साउने जातिया र सम्प्रादयिक भडकाउने जातीबादका मसिया हरुको पदोन्नती हुने सम्बिधान मलाइ चाहिएकै छैन अनि म किन दिप प्रज्वलन गरौ?? तराइमा 2 बर्सको बालकलाइ गोलि हान्दा काठमान्डौ खाल्टोमा बसेर मलाइ दानबिय हासो हास्न सिकाउने सम्बिधान मलाइ चाहिएको छैन। दक्षिण तर्फ भारत सङको सिमाना येसरिनै ssb को लागि सिमाबिहिन खेल मैदानको रुपमा छोडेको संविधानको खुसीमा मैले दिप प्रज्वलन गरे भने मेरा सन्ततिले धिक्कार्ने छन मलाइ मेरो मतृभुमिलाइ बिदेशिको खेलमैदान गराउन खुला छोडेकोम अनि म कसरी बिजय उत्सब मनाउ कोरा बुख्याचा बनेर ?? बैदेशिक सम्बन्ध कुटनितिक मर्यादा लाई घाँस हालेर राजदुत सामु नतमस्तक पर्ने जति सबै देशका राजनेता हुन भन्न सिकाउने सम्बिधान साउदिको गर्मीमा रोड खनी रहेको मेरो दाइले कसरी स्विकार्दै दिप प्रज्वलन गर्ला खै??सबैका लागि शिक्षा भनेर नथाक्ने राजनैतिक दलका मसिहाहरु शिक्षामा ब्यापारिकरणको चरम समर्थन गर्दै लेखिएको संविधान कसरी न्याय मुलक र समतामुलक हुन्छ मेरो दाइको सानी छोरीको प्रश्नले म बारम्बार बिचलित हुन्छु अनि कसरी दिपावली मनाउ??चाप्लुसी चाकडीबाज को आधारमा कसैको योग्यताको कदर गर्दै त्रिभुवन विश्व बिधालाय बाट बिधाबारिधी गरेका लाई खाडिको प्रबेश आग्या दियेर औठा छाप हरुले देश्को बागडोर समाल्ने परिपाटी जारी नै रहने सम्बिधानको लागि म किन दिप प्रज्वलन गरौ?? के 70 बर्स अगाडि देखिको जनताको परिकल्पना तेस्तै थियो?? जन आन्दोलन अनि जनयुद्ध को माग तेहि थियो त 2007 साल देखि कागजी रुपमा ब्याबस्था हरुत धेरैनै आये गणतन्त्र सम्म आइ पुग्दा तर बिडम्बना त्यो system का मसिहा हरु तिनै पुरानै रहे अनि कसरी परिबर्तन हुन्छ?? अनि कसरी जनताको सम्बिधान बन्दछ। बोतल सङै रक्सी पनि परिबर्तन भएन भने त्यो मदिराको के अर्थ छ र हाल सम्म नेपाल मा भएको मुख्य समस्यै येहि नै हरेक पल्ट जनता को बलिदानिमा बोतल फेरिएको छ तर बिडम्बना मदिरा उहीँ छ बोतल परिबर्तन सङै मदिरा नफेरियेको मदिरा पहिलेको भन्दा कडक छ भनेर म कसरी भन्न्न सक्छु फगत हामी सोझा जनताको आखामा छारो हालेर आफ्नो कुर्सी जोगाउन तल्लिन घोर अबसर बादी चरित्रका नेताहरुको समर्थनमा आफैलाइ बन्धक राखी आफै हारेर म आफै बिजय उत्सब मनाउदै दिप प्रज्वलन गर्न सक्दिन नेपाल आमा मलाइ माफ गरि देउ।।।।
Parkash Pokhrel
Tokyo, Japan








