काँकडभिट्टा, पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको ३५ ट्याङ्कर पेट्रोलियम पदार्थमध्ये १२ ट्याङ्कर बुधबार काठमाडौँ पठाइएको छ ।
सहायक जिल्ला अधिकारी कमल थापाले चार ट्याङ्कर पेट्रोल र आठ ट्याङ्कर डिजेल प्रहरीको सुरक्षामा काठमाडौँं पठाइएको बताए ।
उनले पहाडी जिल्ला इलाम पाँचथर र ताप्लेजुङ पनि एक ट्याङ्कर पेट्रोल र दुई ट्याङ्कर डिजेल पठाएको बताए। त्यसैगरी पाँच ट्याङ्कर पेट्रोलियम पदार्थ विराटनगर पठाइको उनको बताउनुभयो ।
यसरी पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको डिजेल र पेट्रोल गरी झापाका लागि १५ ट्याङ्कर मात्र बाँकी रहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले बताए।
आजदेखि झापामा पेट्रोलियम पदार्थको आपूर्ति केही सहज भएको अध्यक्ष भण्डारीले बताए।








