असनेपालन्युज , सिड्नी।
अस्ट्रेलियाको बिभिन्न राज्यमा आईतवार देखि लागु हुने गरी स्थानीय समयलाई एक घण्टा घटाईएको छ । ‘समर सिजन ‘ अर्थात गर्मि यामका समयमा चांडै उज्यालो हुने र सुर्य अवेर सम्म रहने हुंदा लामा दिनका उज्यालाको सदुपयोगका लागि यसरी समय घटाइएको हो ।
जसअनुसार , अक्टोवर १ तारिख देखि अर्को छ महिना सम्मका लागि घडीको समय एक घण्टा पछि सार्ने गरिन्छ । यसरी समय मिलान गरिएका राज्यहरूमा क्विन्स्ल्याण्ड , ब्रिसबेन, एडेलेड, पर्थ, डार्विन ,न्यु साउथ वेल्स (ब्रोकन हिल बाहेकको क्षेत्र ) मेलवर्न , होवर्ट ,क्यानवेरा आदी क्षेत्र रहेका छन्। अक्टोवर महिनाको पहिलो आईतवार राती २ बजे बाट ‘डेलाइट सेभिङ ‘ प्रारम्भ हुन्छ र अप्रिल महिनाको पहिलो आईतवार यो समय मिलान सकिने गर्छ । समय मिलान ‘डेलाइट सेभिङ्ग ‘का कारण गत आईतवार राति २ बजे बाट यहाँंका डिजिटल घडी र कम्प्युटर स्वत:परिवर्तित डेलाइट समयअनुसार सन्चालनमा आएका थिए । यो नियमित समय मिलान सँग अनभिज्ञ पर्यटक तथा नवआगन्तुकहरू झुक्किएर आ-आफ्नो गन्तब्यमा एक घण्टा ढिलो पुग्ने गरेको सन्दर्भ यस वर्ष पनि दोहोरिएको छ । नेपाली विध्यार्थी मनिष सन्जेल असनेपालन्युज सँग भन्छन्’उनी काममा पुरानै घडी अनुसार ठीक समयमा पुगेको थिएं तर पछि थाहा भयो ,समय घटाईएका कारण म ढिलो भईसकेको रहेछु , मैले कठिनाई भोग्नु पर्यो ‘। सात दशमलव सात मिलियन क्षेत्रफलामा फैलिएको विश्वकै छैठौं ठुलो देश अस्ट्रेलिया ३ फरक समय क्षेत्रमा विभाजित छ ।








