हामी वार्ता विरोधी होइनौँः अध्यक्ष महतो

rajendra-mahato-madhesh_20111003084317महोत्तरी,  आफू वार्ताको विरोधी नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । सोमबार दिउँसो महोत्तरीको बर्दिवास आएका अध्यक्ष महतोले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले वार्ताका लागि वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताए ।

सरकारसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गरिए, सेना र निषेधाज्ञा फिर्ता भए आफूहरु मधेसको कुनै पनि स्थानमा वार्ता गर्न तयार रहेको अध्यक्ष महतोका भनाइ थियो । गोली र निषेधाज्ञाले समस्याको समाधान नहुने र जनताको अधिकार खोस्नेको पतन एकदिन भएरै छाड्ने अध्यक्ष महतोले बए।

मधेसको लडार्इं अधिकार प्राप्त नहुन्जेलसम्मका लागि जारी रहने पनि उनले बताए ।

सम्बन्धित शिर्षकहरु