-महेश्वर शर्मा,
सिड्नी, अस्ट्रेलिया
गजल -१
आज भोलि खै किन चर्किएको देश देख्छु
आगो लाउन मट्टीतेल छर्किएको देश देख्छु
पराईलाई जिती हिँड्ने ईतिहास छ हाम्रो यहाँ
यूदॄ लड्ने मैदान बाटै फर्किएको देश देख्छु
टिकापुर रोई बस्दा आगो झोँसी नाच्नेहरु
बर्बरता हिँसा हेर्दै तर्किएको देश देख्छु
विशाल त्यो राष्ट्र हाम्रो साँगुरिदै गाछ अचेल
धेरै टाढा पराई तिर सर्किएको देश देख्छु
विकासको घाम लाग्ने पर्खाईमा महेश बस्दा
मूसालधारे पानी सँधै दर्किएको देश देख्छु
गजल -२
खोक्रो बनाई देश लुट्दा हारेर म रोएको छु
निरिह भै पर्खाल मेरो सारेर म रोएको छु
मेरो प्यारो भूमी भित्रै काला पानी थियो अरे
त्यहि पानीलाई विदेश भित्र पारेर म रोएको छु
तस्बिर बोल्छन भित्ता भरि अमरशिँह भक्ति थापा
भित्ता को त्यो तस्बिरलाई झारेर म रोएको छु
कित्ता कित्ता बनाएर मेरो देशलाई किन काट्छौ
त्यहि भएर मेरै दलिन बारेर म रोएको छु
रगतको होलि खेल्दै संगियता मागेपछि
आगो लाउन मान्छेहरु नारेर म रोएको छु







