असार ९ । हुम्ला,हावाई सेवा बन्द भएका कारण जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेका ९ महिनाका नारायण शाहीको मृत्यु भएको छ । सिमकोटको यातायतको एकमात्र माध्यम हवाई सेवा सुचारु हुन नसक्दा लामो समय देखि निमोनिया र रुगाखोकीले ग्रस्त भएका राया गाविस वडानं २ निवासी कल्पना शाहीका ९ महिनाका छोरा नारायण शाहीको मृत्यु भएको हो । बालक शाहीको जिल्ला बाहिर ल्याउन नसक्दा उनको जिल्ला अस्पतालमै ज्यान गएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । लामोसमय बिरामी परेपछि सिमकोटमा भएको निजि अस्पाताल हिड नेपाल र जिल्ला अस्पतालमा उपचार गराएपनि निको नभएर आइतबार विहान साढे १० बजे तिर उत्तः वालकको ज्यान गएको हो । असार ४ गते विरामी आफ्नो छोरालाई उपचार गर्न हिड नेपालमा उपचार गर्न लगेपनि उपचार नभए पछि जिल्ला अष्पतालमा रिफर गरिएको मृतककी आमा कल्पना शाहीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा पनि बालकको उपचार हुन नसके पछि जिल्ला बाहिर रिफर गरिकोले हवाइ यातायात नचलेका कारण आप्mनो छोराको ज्यान गएको शाहीले बताउनु भएको छ । जिल्ला अस्पतालले अनेक प्रयास गरेपनि जिल्लाममै उपचार हुने संभावना नभएपछि जिल्ला बाहीर रिफर गरिएको भएपनि जहाज नचलेका कारण वालकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलकी स्टार्फनर्स ज्योती हमालले जानकारी गराउनु भयो ।
सम्बन्धित शिर्षकहरु
बाहिरबाट जे पनि देखिन सक्छ तर प्रियंका मिल्ने साथी मात्रः दयाहाङ
काठमाडौं, पछिल्लो समय नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको सम्बन्धलाई लिएर धेरै चर्चा चल्न थालेको छ । […]
यसरी छानिए राष्ट्रियसभामा तीन सांसद्
काठमाडौं । सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ। बालुवाटारमा शुक्रबार साँझ बसेको […]
बार्सिलोना हार्यो
काठमाडौं १७ असोज। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यसको […]
अगाडि बढ्यो पूर्व डिआईजी सिलवालको फाइल, आउन सक्छ समस्या
काठमाडौं । तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको […]
होहोरी हो हो..... असार १५ धान दिवशको अवसरमा हिलोमा रमाउँदै नायिका विनिता बराल […]
महानगरले भन्यो– ‘चाडपर्वका बहानामा फुटपाथ व्यवसायप्रति लचिलो हुन सक्दैनौं’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार […]


