असार ९ । हुम्ला,हावाई सेवा बन्द भएका कारण जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेका ९ महिनाका नारायण शाहीको मृत्यु भएको छ । सिमकोटको यातायतको एकमात्र माध्यम हवाई सेवा सुचारु हुन नसक्दा लामो समय देखि निमोनिया र रुगाखोकीले ग्रस्त भएका राया गाविस वडानं २ निवासी कल्पना शाहीका ९ महिनाका छोरा नारायण शाहीको मृत्यु भएको हो । बालक शाहीको जिल्ला बाहिर ल्याउन नसक्दा उनको जिल्ला अस्पतालमै ज्यान गएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । लामोसमय बिरामी परेपछि सिमकोटमा भएको निजि अस्पाताल हिड नेपाल र जिल्ला अस्पतालमा उपचार गराएपनि निको नभएर आइतबार विहान साढे १० बजे तिर उत्तः वालकको ज्यान गएको हो । असार ४ गते विरामी आफ्नो छोरालाई उपचार गर्न हिड नेपालमा उपचार गर्न लगेपनि उपचार नभए पछि जिल्ला अष्पतालमा रिफर गरिएको मृतककी आमा कल्पना शाहीले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा पनि बालकको उपचार हुन नसके पछि जिल्ला बाहिर रिफर गरिकोले हवाइ यातायात नचलेका कारण आप्mनो छोराको ज्यान गएको शाहीले बताउनु भएको छ । जिल्ला अस्पतालले अनेक प्रयास गरेपनि जिल्लाममै उपचार हुने संभावना नभएपछि जिल्ला बाहीर रिफर गरिएको भएपनि जहाज नचलेका कारण वालकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलकी स्टार्फनर्स ज्योती हमालले जानकारी गराउनु भयो ।
सम्बन्धित शिर्षकहरु
तराई-मधेस आन्दोलनको प्रतिवेदन सरकारलाई हस्तान्तरण
काठमाडौं । तराई-मधेसलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी आदि घटनाको छानबिन […]
काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या […]
क्वारेन्टाइनमै भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
काठमाडौं । कोरोना महामारीको विपत्तिका बेला क्वारेनटिनमा रहेका महिलाहरुलाई विशेष सुरक्षा हुनुपर्नेमा महिला […]
सगरमाथा क्रिकेट क्लब ! अष्ट्रेलियामा रहेको नेपालीलाई क्रिकेटमा सशक्त बनाउँदै
भदौं १३,काठमाडौं । ‘सगरमाथा क्रिकेट क्लब’ ले आफ्नो चौथो वर्ष पूरा भएको उपलक्ष्यमा ‘प्रिजेन्टेसन कार्यक्रम’ […]
काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या […]
इपीएसमार्फत दक्षिण कोरिया गएका कामदारको भिसा अवधि १ वर्ष थप
काठमाडौं । इपीएसमार्फत दक्षिण कोरिया गई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ […]


