काठमाडौं, पछिल्लो समय नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको सम्बन्धलाई लिएर धेरै चर्चा चल्न थालेको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरु दयाहाङ र प्रियंका मिल्ने साथी बताएपनि धेरैले भने उनीहरु प्रेमसमबन्धमा रहेको पनि बताउँछन् । तर उनीहरु एकअर्कालाई सबैभन्दा मिल्ने साथी बताउँदै आएका छन् ।
एकअर्काको जुठो समेत चल्ने यो जोडीले झोले, फन्को, हाउफन्नी लगायतका चलचित्रमा एकसाथ काम गरेका छन् । उनीहरुको निटकतालाई लिएर धेरैले प्रश्न उठाइरहेको अबस्थामा नायक दयाहाङ राईले भने प्रियंका अफस्क्रिन साथी रहेको बताएका छन् ।
साप्ताहिकसँगको कुराकानीको क्रममा उनले भने (‘अनस्क्रिन उनी मेरी को–आर्टिस्ट हुन् भने अफस्क्रिन साथी । बाहिरबाट जे पनि देखिन सक्छ, वास्तविकतामा उनी मेरी असल मित्र हुन् । झोले, फन्को, हाउफन्नीलगायत पाँचवटा चलचित्रमा सँगै काम गरियो । केमेस्ट्री मिलाइएको वा जोडी भएर खेलेको चाहिँ झोले र फन्कोमा मात्र हो ।’ हाल दयाहाङ ‘लालटिन’ नामक चलचित्रको छायांकनमा व्यस्त छन् ।







