देश टुक्राउँछौँ भन्ने उपेन्द्र अमरेश संसदको फन्दामा

upendra-yadav-amresh-singh-and-rajendra-mahatoसाउन ३२ । काठमाडौँ, मधेशी जनताका मागहरू सम्बोधन नभए देश टुक्राउँछु भनेर धम्की दिने अमेरेशकुमार सिंह तथा जातीय हिंसा फैलाउन बल पुग्ने खालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने मधेस केन्द्रित नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतोले बोलेको अडियो रेडर्क सरकारले संसद्मा बुझाएको छ ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संसद्को सोमबारको बैठकमा सरकारको तर्फबाट अमेरेशले दिएको अभिव्यक्तिको अडियो रेकर्ड प्रस्तुत गरेका हुन् । कैलाली तथा अन्य ठाउँमा आयोजित सभाहरुमा अमेरशकुमार सिंहले विखण्डनका पक्षमा दिएको अभिव्यक्तिसम्बन्धी समाचारको अडियो रेकर्ड संसद्मा प्रस्तुत भएपछि यसबारेमा आवश्यक छानबिन गर्न सभामुख सुवास नेम्वाङले संस्दको राज्य व्यवस्था समितिलाई जिम्मा दिएका छन् । संसद्मा पेस गरिएको अडियो रेकर्डको अब राज्यव्यवस्था समितिले छानबिन गर्नेछ ।

गृहमन्त्री वामदेव गौतमले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी अमरेशसिंह लगायतले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै यसबारेमा संसद्ले गम्भीर सोच्नुपर्ने बताए । उनले भने, संसद्को जानकारीका लागि मैले अडियो रेकर्ड यहाँ पेस गरेको छु । गृहमन्त्री गौतमले अमरेशलगायतका केही मधेस केन्द्रित नेताहरुले हतियार उठाउने अभिव्यक्ति दिएर समाजमा त्रास र उत्तेजना फैलाउन खोजेको आरोप पनि लगाएका छन् ।

पछिल्ला दिनमा विभिन्न ठाउँमा आयोजित कार्यक्रममा अमरेशसिंह, उपेन्द्र यादव र राजेन्द्र महतोले जातीय सद्भाव भड्काउने र सामाजिक हिंसा मच्चाउने खालका अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र निन्दा भएको छ। कैलालीलगायतका विभिन्न स्थानबाट उनीहरुलाई स्थानीयले बहिष्कारसमेत गरेका छन् । कैलालीमा सोमबार आयोजित थारु संघर्ष समितिको सभामा यी तीनै नेताहरुलाई बहिष्कार गर्ने निर्णय भइसकेको छ ।

विखण्डनका पक्षमा अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसले अमरेशकुमार सिंहसँग स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाइसकेको छ ।

सम्बन्धित शिर्षकहरु