सहमतिकै लागि पहल गर्नु पर्छ : गच्छदार

bijaya gachchhadarविराटनगर, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आइतबारदेखि नै वार्ता र संवादका लागि पहल गरिने बताउनुभएको छ ।आफूले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएकोले वार्ता अब अगाडि बढ्न सक्ने दावी उहाले गर्नु भयो ।

पार्टीका अगुवा कार्यकर्तालाई दिइएको प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उहाँले सत्ता पक्षसँग दुई तिहाइभन्दा बढी मत रहेकाले यसको दुरुपयोग गरेर प्रतिपक्षलाई आन्दोलनमा जानका लागि बाध्य नपार्न सत्तापक्षलाई आग्रह गर्नुभयो ।

उहाँले प्रमुख राजनीतिक दलबीच सहमति हुने र सहमतिको संविधान जारी गर्न सकिने अवस्था अहिले पनि विद्यमान रहेको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु