नेपालको प्रमुख बाली मकै, गहुँ, कोदोमा समेत विदेशको मुख ताक्नुपर्ने अवस्था

काठमाडौं । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं। सरकारले नारा घन्काइरहँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

नेपालले आयात गर्ने तरकारीमा हरियो धनियाँदेखि प्याज, आलुदेखि गोलभेँडासम्म छन् । भने मकै, गहुँ, कोदो, भटमास आदिमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन ।

विभागको विवरणानुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार रुपैयाँबराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै, बिउका रूपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य २९ लाख ९६ हजार रुपैयाँबराबर छ ।

१५ अर्बको मकै आयात
धान, मकैजस्ता खाद्यबाली नेपालको प्रमुख बालीका रूपमा परिचित छ । पाखापखेरा जताततै मकै रोप्न सकिन्छ । तर, विभागको विवरणानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब रुपैयाँभन्दा बढीको मकै आयात भएको देखिन्छ । कुल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार रुपैयाँबराबर रहेको छ ।

यसैगरी, सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बिउ आयात भएको छ । त्यसको लागत मूल्य एक अर्ब पाँच करोड ६६ लाख ६० हजार रुपैयाँबराबर छ । मकैको आयातबाट सरकारले ७९ करोड ४४ लाख ३८ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

सम्बन्धित शिर्षकहरु