साउन २३ । काठमाडौँ, चिकित्सा शिक्षा र सेवामा भएका विकृति र विसंगतिविरूद्ध आन्दोलन गर्दै आएका प्रा.डा गोविन्द केसी बुधबार देखि पुनः आमरण अनसन बस्ने भएका छन् । यसअघि डा.केसीले शुक्रबार सम्म आफ्नो माग पूरा नगरे आमरण अनसन गर्ने बताएका थिए । ‘सरकार संवेदनशील छैन, यति समय दिँदा समेत केही भएन,’ उनले भने ।
उनले ६ बुँदे माग प्रस्तुत गरेका छन् । मन्त्रीमण्डलबाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सहित आवश्यक नीति र कानून निर्माण प्रक्रिया तत्काल सुरू गर्नुपर्ने बताएका छन् । माथेमा प्रतिवेदनमा भएको विद्यार्थी संख्या, शुल्क, सीमा, अनिवार्य प्रवेश परीक्षा निरन्तर सम्बन्धनका लागि ल्याउनु पर्ने न्यूनतम नतिजा जस्ता बुँदाहरू आँउदो शैक्षिक सत्रदेखि लागू गर्ने व्यवस्था गर्न मेडिकल काउन्सिल र विश्वविद्यालयहरूलाई तुरून्त पत्राचार गरिनु पर्ने उनले बताएका छन् । आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।








