गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गरेका छन्।
रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई बन्डलका दरले बुधबार जस्तापाता वितरण गरेको गुरुङले जानकारी दिए।
रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले गाउँलेलाई विपद्को बेला सहयोग गर्नुपर्ने उनको भनाइ छ ।








