व्यक्त्ति विशेषले दवाव दिएको भरमा राजिनामा दिन्न :मन्त्री पौडेल

purushotam_poudelअसार १३ । खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पार्टीले कुनै व्यक्त्ति विशेषले दवाव दिएको भरमा आफूले राजीनामा नदिने बताउनु भएको छ ।उहाले पार्टीले आधिकारिक रुपमा गर्ने निर्णय अनुसार आफूले त्यसैलाई मात्र मान्यता दिने बताउनु भएको छ । मन्त्री पौडेलले प्रधानमन्त्री निवास बालुवाटार आफु रजिनामा दिन हिडेको भन्ने हल्ला सञ्चार माध्यमले समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाउनु भएको छ । उहाले असनेपालसँग भन्नु भयो, मैले राजीनामा दिएको पनि छैन र कसैको दवावमा राजीनामा बुझाउने पनि छैन ।
उहाले आफूले पार्टीमा सल्लाह गरेरै राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गरेकाले निर्णयबाट पछि नहट्ने समेत स्पष्ट पार्नु भयो ।
सदस्य सचिव नियुक्तिको विषयलाई लिएर एमालेले पौडेललाई फिर्ता बोलाएको र पौडेल राजीनामा पत्र लिएर बालुवाटार हिडेको समाचारहरु विभिन्न संचार माध्यममा प्रकाशित भएका थिए ।
यसैबीच, सदस्यसचिव नियुक्तिको विवादले मन्त्री पुरूषोत्तम पौडेललाई फिर्ता बोलाउने निर्णय हल्ला मात्रै भएको एमाले सचिव प्रदीप ज्ञवालीले संचार माध्यमलाई दिनु भएको छ । यता मन्त्रीलाई फिर्ता नबोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु