असनेपाल न्युज । गैर आवसिय नेपाली सङ्घ (एन आर एन ) अस्ट्रेलिया मा उम्वेद्वारी दर्ता गराउने अन्तिम दिन आज रहेको छ । एन आरं एन निर्वाचन समितिका अनुसार आजै धेरै उम्वेद्वारहरूले उम्वेद्वारी दर्ता गराउंदै छन्। एनआरएनएले सार्वजनिक
गरेको कार्यतालिका अनुसार जुन ३ अर्थात विहीवार सम्पूर्ण मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । यस्तै उम्मेदवारहरुको अन्तिम नामावाली जुन ११ का दिन प्रकाशित गरिने एनआरएनएले जनाएको छ । प्रकाशित उम्मेदवारहरुको नामावालीमाथि कुनै दाबी विरोध भए जुन १२ देखि १५ सम्म गर्न सकिने गरेर व्यवस्था मिलाइएको छ । त्यसपछि संशोधन सहितको उम्मेदवार सूची जुन १७ मा प्रकाशित हुनेछ । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेले जुन १८ देखि २२ तारिखभित्र फिर्ता लिने सक्नेछन् भने २४ तारिखका दिन अन्तिम उम्मेदवार सूची प्रकाशित गरिनेछ ।
जुन २७ का दिन स्थानीय समय अनुसार दिउँसो २ः३० देखि अपरान्ह ४ः०० बजेसम्म मतदानको पूर्व तयारीका बारेमा छलफल हुने कार्यतालिकामा उल्लेख छ । एनआरएनएको आगामी नयाँ नेतृत्वका लागि जुलाइ ४ का दिन मतदान हुनेछ । निर्वाचन विद्दुतिय प्रणालीमा ब्यवस्थित हुने छ ।
एन आर अस्ट्रेलियाको निर्वाचन तालिका यस्तो रहेको जनाइएको छ ।








