बाथर्स्ट, न्यू साउथ वेल्स — ४ मे २०२५
न्यू साउथ वेल्सको ऐतिहासिक सहर बाथर्स्टमा यही शनिबार, मे ४ तारिख साँझ ५ बजे १७ ग्राहम ड्राइव, केल्सोस्थित हलमा विशेष आध्यात्मिक सत्सङ्ग “आन्तरिक यात्रा” आयोजना हुँदैछ।
यस अवसरमा प्रख्यात आध्यात्मिक गुरु योगी आचार्य राजन शर्मा कार्यक्रमका मुख्य आतिथिका रूपमा उपस्थित हुन लाग्नु भएको छ। उहाँको साथमा समाजसेवी तथा कवि राजेश्वर घिमिरे समेत कार्यक्रम संचालन र सामग्री व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु हुनेछ।
कार्यक्रमका मुख्य अङ्गहरू
-
योगी आचार्य राजन शर्माद्वारा जीवन परिवर्तन गर्ने उपदेश: आत्म–चेतना जागृत गर्ने शिक्षासँगै सरल योग–प्राणायाम अभ्यास।
-
मंत्रित ध्यान र मौन साधना: गहिरो ध्यान सत्र, मौनको शक्ति अनुभूत गराउने।
-
खुला साझेदारी र आत्मीय संवाद: सहभागीहरूले आफ्ना अनुभव र चुनौतीहरु मूल मञ्चमा राख्न पाउने।
-
समूह उर्जा र सकारात्मक सामूहिक ध्यान: सकारात्मक ऊर्जाले वातावरण घेरिने, नयाँ मित्रता र आत्मीयता विकास हुने।
दर्ता र सम्पर्क
-
अग्रिम दर्ता (RSVP) अनिवार्य: सहभागी हुनुभन्दा पहिले यस नम्बरमा सम्पर्क गरी दर्ता गर्नुहोस्।
-
फोन: 0451 483 934 (राजेश्वर घिमिरे)
निमन्त्रणा
आयोजकहरूले सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेका छन्:
“खुला हृदय लिएर आउनुहोस् – शान्त मन लिएर फर्किनुहोस्।”
विशेष धन्यवाद ज्ञापन:
कार्यक्रमका प्रमुख व्यवस्थापक राजेश्वर घिमिरेज्यू लाई अमूल्य योगदान पुर्याएकोमा हार्दिक धन्यवाद।
आध्यात्मिक उन्नति र आन्तरिक शान्तिको खोजीमा जुट्न चाहने सबैलाई स्वागत छ!








