रोशन राउत , असनेपालन्युज वैंकक ,थाइल्याण्ड ।
थाइल्याण्डको विभिन्न शहरहरु बैंकक , फुकेट , खाउलाक लगायतका शहरहरुमा योगी आचार्य राजन शर्मा द्वारा जीवन उत्प्रेरणा , विना औषधि रोगको उपचार तथा आत्म जागरण शिविर सम्पन्न भएको छ । थाई नेपाली समाज , स्थानिय संघ संस्था तथा विश्व शान्ति तथा अध्यात्म विज्ञानको समन्वयमा सो कार्य सम्पन्न भएको हो । योगी आचार्य राजन शर्मा ज्युको आगमनले खाउलाक शहरमा एक छुट्टै अध्यात्मिक तरङ आएको व्य्वसायी तथा योग प्रेमि लक्ष्मण पौडेल असनेपालन्युजलाई बताउंनु हुन्छ ।
यस्तै फुकेट मन्दिरामा भएको विशेष शिविरले वर्षौं देखिको रोग र कठिनाईपूर्ण स्वास्थ्य समस्यामा समेत लाभा पुगेको र यस पछि आफु निरन्तर विश्व शान्ति अध्यात्म विज्ञान समाजअको प्रशिक्षणमा लागि परेको समुदायका अगुवा मोहन गौतम बताउंनु हुन्छ । यस्तै फुकेट मन्दिरका प्रमुख कलाम भण्डारि आरोग्य , ध्यान ,योग र नेपाली जगाउंने यो कार्यक्रम अत्यन्त उपयोगीइ रहेको र यसको छिट्टै अर्को संस्करणको समेत आयोजना गरिने बताउंनु हुन्छ ।
यस्तै नारीहरु विचमा आयुर्वेद उपचार र ध्यान उप्त्प्रेरणाले हामि सबैलाई उत्साहित बनाएको र अब केहि दिनमा यसकार्यक्रमलाई पुन: दोहोर्याउंने कुरा समुदायकि अगुवा नेतृ शकुन्तला थोन्सुकको भनाइ छ । यी विभिन्न शिविरमा योग शिक्षक, प्रशिक्षक प्रशिक्षण , विना औषधि सेवान ग्यस्ट्रिक , अल्सर , पेटको दु:खाई, मानसिक रोग आदिको लागि पञ्चतत्व चिकित्साको प्रयोग गरिएको थियो । विश्व शान्ति तथा अध्यात्मा विज्ञान समाजले नेपाललाई गुरु देश बनाउंन चालेको विश्व अभियान हामि सबैको लागि उत्साह्को कुरा भएको भन्दै थाई नेपाली सङ्घ यस अभियानको सहयोगि बनेर अगाडि बढ्ने , संघका शिक्षण विभाग प्रमुख दिपक पराजुलि बताउंनु हुन्छ ।
योगी आचार्य राजन शर्माले विश्वका विभिन्न देशमा झैं थाईल्याण्ड , वर्मा , सिङापुरका नेपालीहरुलाई समय -समयमा नि:शुल्क योग , आयुर्वेद , उत्प्रेरणाका अभियान मार्फत आत्मजागरणको अभियान चलाऊंदै आउनु भएको छ । देशलाई गुरु देशको रुपमा विश्वमा चिनाउंन तथा नेपालमा एक घर एक योगी अभियानमा सबैको विश्वभरबाट एकता जुटाउंन आफुहरुले प्रयास गरिरहेको बताउंनु हुने आचार्य राजन शर्मा नेपाली पूर्वीय दर्शन बोकेर विश्व माझ उदाएको एक नेपाली उत्प्रेरक तथा अध्यात्मिक गुरु हुनुहुन्छ ।












