वाथर्ष्ट,डब्बो र ओरेन्जमा अगस्त्य प्रदर्शन हुंदै
असनेपालन्युज , वाथर्ष्ट । अगस्त्य चलचित्रलाई क्षेत्रिय शहरहरुमा प्रदर्शन गरिन लागिएको छ ।
आगामि हप्ता अर्थात मार्च २३ मा वाथर्ष्ट मा प्रदर्शन हुन लागेको आयोजक समुहले जनाएको छ । हांसो ,मनोरन्जन र रोचकताले भरिएको सो चलचित्रलाई व्यवस्थापन गर्न वाथर्ष्टमा आफुहरुले तयारि गरेको छिरिङ्गग शेर्पा लगायतको प्रवन्धक टोलिले असनेपालन्युजलाई जनाएको छ ।
लचित्रमा सौगात मल्ल दुईवटा लुक्समा देखिएका छन् । चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत, मलिका महत, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् भने प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेका छन् ।








