बिष्णु रिमाल । असनेपाल न्युज , लिन्डह्स्ट । शंख घण्ट , ढोलक , मादल र करतालको गुन्जन। साथमा बहुराष्ट्रिय समुदायका अगुवाहरुलाई नेतृत्व गर्दै अघि बढेको नेपाली पाईलाहरुको भीड । शिव , बुद्द र वीर गोर्खालिका सन्ततिको अष्ट्रेलियाली स्थानिय नगर प्रमुख , राजनीतिक अगुवा , र विभिन्न देशका प्रतिनिधिहरुद्वारा जय-जयकार , एक प्राचीन शहर लिन्डहर्ष्टमा । वैदिक मन्त्रद्वारा सम्पदा भवनको पूजा आराधना हुन्छ । र काउन्सिलका प्रमुख द्वारा नेपाली समुदायलाई भवनको सांचो हस्तान्तरण गरिन्छ । नगरप्रमुख र बहुराष्ट्रिय समुदायका प्रतिनिधिहरु नेपाली समुदायका मार्गनिर्देशक मार्फत, आन्तरिक शान्ति, योग र ध्यान कक्ष्यामा सरीक बन्दै सधैंंका लागि आफुहरु नेपाली योग परम्पराको विध्यार्थी बनेको घोषणा गर्छन्।
सन् १८३२ मा स्थापना भएको प्राचीन शहर स्थित लिन्डहर्ष्टमा नेपाली झन्डा फहराउंने एक भवन मात्र हैन मानवता प्रेम र संस्कार र पहिचान प्रचारको सधैंका लागि नेपाली सान्स्कृतिक भवनको जोहो बन्यो । कार्यक्रममा अष्ट्रेलियाली सघिय सरकार र स्थानिय काउन्सिलका प्रतिनिधिहरु जोन र केईसी लिन्डा ले नेपाली मुलका योग गुरुले यस शहरलाई अहिंसा , शान्ति र आरोग्यको लाभ दिलाएको भन्दै विश्वासले विश्वास जन्माएको अर्को विश्वासका कारण यो हल हस्तान्तरण गरेको हो भन्ने शब्दहरुमा मुक्त कण्ठले प्रसंसा वर्षाए । नेपाली पाईला अष्ट्रेलियामा पुगेको ४ दशक पुग्दा पनि आफ्नो झन्डा फहराउंने आफ्नै पहिचानको स्थल नभैरहेको अवस्थामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) पहलमा मिलेको यो नेपाली सान्स्कृतिक केन्द्र नेपालीको अगुवाईमा असंख्य मनहरुलाई प्रेम , शान्तिको मार्ग हुंदै आत्मजागरण बन्ने आशा सबै विच छरियो । 
नेपाली पाईला अष्ट्रेलियामा पुगेको ४ दशक पुग्दा पनि आफ्नो झन्डा फहराउंने आफ्नै पहिचानको स्थल नभैरहेको अवस्थामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालको पहलमा मिलेको यो नेपाली सान्स्कृतिक केन्द्र नेपालीको अगुवाईमा असंख्य मनहरुलाई प्रेम , शान्तिको मार्ग हुंदै आत्मजागरणको गराउंने स्थल बन्न पुगेको छ
यो खुसीलाई अन्तर्हिदय बाट बोध गर्दै समुद्घाटन समारोहमा प्रेरणात्मक शुभेच्छा बांढ्न आईपुग्नु भएका नेपाली समुदायका अग्रज डा होम मुर्ति पन्त तथा प्रेरणा पात्रहरु तिर्थ खतिवडा , बद्री , ईश्वर वराल , नविन गौतम , रामहरि सुवेदि,गणेश गौतम तथा भारतीय समुदायका वालाजी , फिजीयनको तर्फ बाट शर्मिला जी र अस्ट्रेलियन समुदायका सबै प्रतिनिधिहरुबाट जोन सिजरली आ-आफ्नो तर्फ बाट शुभेच्छा राखेका थिए । “म अष्ट्रेलियामा आएर कपाल फुलाए तर म यस्तो कर्ममा जुट्न सकिन ,तर यस्तो स्तुत्य कर्म एक व्यक्तिको अभियानमा सम्भव भएकोमा हामि नेपाली सम्पूर्णले गौरव गर्ने विषय बन्यो, सबैले यसको महत्व बोध गर्दै सबैले सहयोग गरौं “प्रमुख अतिथिको स्थान बाट डा होम मुर्ति पन्तको भनाइ रहो ।
नेपाली समुदायका अगुवा प्रतिनिधि तिर्थ खतिवडाले “आफ्नो सामुदायीक केन्द्र बनाउंन हामीले विभिन्न स्टेटमा थुप्रै प्रयास गरौं तर अझै सफलता हात लागेन तर यहाँं एक ब्यक्तिको पहलले यो उपलब्धि हुनु सबै नेपाली समितिहरुका लागि उदाहरण बनेको र यहाँंको उपलब्धिलाई अष्ट्रेलियाली नेपाली समुदायले ‘रोल मोडेल’को रुपमा लिनुपर्ने भाव सहित सबैलाई प्रेरित गर्नु भयो । यसो त एनआरएन अष्ट्रेलियाका स्टुडेन्ट टास्क फोर्सका तर्फ बाट बद्री बरुवाल ले मन्दिर गुम्बा , नेपाली सान्कृतिक केन्द्र , गौशाला , दर्शन अध्ययनअको स्थल एकै स्थानमा पाउंनु यो अत्यन्त ठुलो उपलब्धिहो यसका लागि आचार्य राजन शर्मा ज्यु र उहांको अभियानलाई हामि सबैको साथ रहेको धारणा राख्नु भयो ।
अष्ट्रेलियाको संससदमा यहाँका चौथो प्रधान मन्त्री जर्ज रेडले सन् १९०८ मा लीन्डहर्स्ट शहरलाई देशकै राजाधानि बनाउंन राखेको प्रस्ताव त्यतिवेला सफल हुन सकेन तर अहिले भने हामीले यो शहरलाई आफ्नै पहिचानको तपोभुमि र नेपाललाई गुरु देश बनाउंने अभियानको अष्ट्रेलियाली राजाधानि बनाउंने सपना सजाएका छौं । जसका लागि यो एउटा सानो सफलता हो र यसमा सबैको प्रेम र सहकार्य मिलोस भन्दै योगी आचार्य राजन शर्माले भवन हस्तान्तरणामा सहयोगी बन्ने काउन्सिल प्रमुखहरुलाई सम्मान प्रकट गर्नु भयो । यस्तै वाथर्स्ट नेपाली समुदायको तर्फबाट बिकास , अनु खड्का ,पार्क्स नेपाली समुदायको तर्फ बाट बिकास लगायतले शुभेच्छा प्रकट गर्नु भयो । भने सोही अवसरमा ब्लेनी काउन्सिल , तथा मेमोरियल हल व्यवस्थपकका तर्फ बाट केईसी लिडेले विश्वशान्ति तथा अध्यात्म विज्ञानका संरक्षक योगी शर्मालाई सांचो हस्तान्तरण गर्नु भयो ।
योगी रामहरि सुवेदिले अष्ट्रेलियामा यस्तो सपना पुरा होस् भन्ने चाहन्थे गुरु बाट पुरा भयो सम्पुर्ण अभिभावक गौरवान्वित छौं । कार्यक्रमको अन्त्यमा योगीनी महालक्ष्मी राज भण्डारी , कमला दाहाल , रामहरी सुबेदि , वार्दिया नेपाली अभिभावक समुहका प्रतिनिधिहरुले अष्ट्रेलियाको आगमन यस गन्तवले सार्थक पारेको भन्दै संगित मार्फत सबैलाई आत्मरन्जन गराउंनु भएको थियो । 
















