अष्ट्रेलिया, डार्बिन र असनेपाल न्युज समाचार

गैर आवासीय नेपाली संघ अष्ट्रेलिया नर्देन टेरिटोरी तथा नान्ट नेपाली समुदायहरुको साझा संस्था नान्टले उत्तरी अष्ट्रेलिया डार्बिनमा एक विशेष योग शिविर तथा आत्म जागरणको कार्यक्रम सम्पन्न गरेको छ ।

गैर आवासीय नेपाली संघ तथा नेपालीहरुको पुरानो संस्था नान्टले नेपाली समुदाय लगायत बिबिध अन्य समुदायलाई समेत समेटेर तनाव ब्यबस्थापन, आत्म-जागरण, अनुशासन तथा योग साधनाका विषयमा यो शिविर संचालन गरेको हो । जहाँ सयौं लाभान्वित बनेका थिए । योग बिधाका विशिष्ट व्यक्तित्व योगी आचार्य राजन शर्माको प्रस्तुतिमा दुई दिनसम्म चलेको सो शिविरमा योग, ध्यान, प्राणायाम तथा आयुर्वेद, प्राकृतिक चिकित्सा, कुण्डलिनी जागरण लगायतका विशेष विषयहरु आकर्षण बनेका थिए ।

उक्त कार्यक्रममा नेपाली तथा गैर नेपालीहरुको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रमले मानिसमा लामो समयदेखि रहेको जीवनको ब्यथिती र ब्यस्ततालाई ठुलो राहत दिएको बताउनुहुन्छ आयोजक मध्यका एक- आकाश बुढाथोकी । उक्त शिविर अत्यन्त महत्त्वपूर्ण रहेको र उक्त कार्यक्रमबाट सयौं व्यक्तिहरुलाई जीवनको नयाँ उत्साह मिलेको बताउनुहुन्छ- एन.आर.एन. ए. अष्ट्रेलिया नर्देन टेरिटोरीका अध्यक्ष विष्णु चापागाईं । सो कार्यक्रमले आफुलाई विशेष लाभ दिलाएको अनु चापागाईं बताउनु हुन्छ । बालबालिका, वृद्ध तथा सबैजसोको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।

पोर्चुगिज एण्ड टिमोरिज सोसिएल क्लबको हलमा सम्पन्न उक्त कार्यक्रममा नि: शुल्क भोजन तथा सहभागिताको ब्यबस्था गरिएको थियो । उक्त दुईदिने शिविरले उत्तरी अष्ट्रेलियामा मानव जागरण तथा जीवनलाई नयाँ ढंगले जिउने तौरतरिका तथा जीवन परिवर्तनको एक विशेष जमघट भएको र यसले धेरैलाई लाभ दिलाएको योगी आचार्य राजन शर्मा बताउनुहुन्छ ।

डार्बिनमा योग, ध्यान र आत्म-जागरण सम्वन्धी उत्प्रेरणात्मक कार्यक्रममा यसरी सहभागी भएको यति ठूलो संख्या यो पहिलो पटक हो । उक्त कार्यक्रमलाई आफुहरुले नै निरन्तरता दिदै जाने बताउनुहुन्छ- सहभागीहरु मध्यको एक आयोजक संस्था नान्टका प्रमुख ।

सम्बन्धित शिर्षकहरु