बेलायतकी महारानी एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो भदौ २३ गते निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

सम्बन्धित शिर्षकहरु