नेपालमा डेंगुको प्रकोप: ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ७ हजारनजिक

काठमाडौं । पछिल्लो समय प्रकोपको रूपमा देखिएको डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म छ हजार सातसय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी ललितपुरमा दुई हजार ४७९ जना संक्रमित देखिएका छन् । यो वर्ष कैलाली र ललितपुरमा गरी दुईजनाको डेंगुबाट मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

डेंगुबाट बढी प्रभावित हुनेमा काठमाडौं उपत्यकाका तीनसहित धादिङ, मकवानपुर, रूपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् । गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।

सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो

सम्बन्धित शिर्षकहरु