अष्ट्रेलियाको सबै ‘स्टेट’मा सगरमाथा आरोहण दिवस भव्य रुपमा सम्पन्न

अष्ट्रेलियाको सबै ‘स्टेट’मा सगरमाथा आरोहण दिवस भव्य रुपमा सम्पन्न
करण विवश ।असनेपालन्युज ,सिड्नी। अष्ट्रेलियाको सबै स्टेटमा सगरमाथा आरोहण दिवस मनाईएको छ । विगत १३ वर्ष देखि नेपाली समुदायका प्रतिनिधिहरुले यसरि सगरमाथा दिवस मनाउंदै आएको छन् । यसपटक ‘फेन्का ‘ अर्थात फेड्रेसन अफ नेपाली कम्युनिटी असोसिएसन आयोजनामा सबै राज्यका प्रतिनिधिहरु विच पदयात्राा , खेलकुद तथा शुभकामना आदान प्रदान गर्दै मनाईेको छ । सगरमाथा आरोहण दिवसको महत्व प्रचार गर्दा नेपालकैप्रचार हुने भएकाले फेन्काले यस वर्ष देखि यो दिवस मनाउंने पहल गरेको आयोजक मध्येको एक बिष्णु हमाल असनेपाल न्युजलाई बताउंनु ह्न्छ ।
सन् २०११मा योगी आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) र राजन क्षेत्रिले नेपाली पोशाक र झण्डा सहित स्काई डाइभिङ्ग गरेर सो दिवसलाई मनाउंन प्रारम्भ गर्नु भएको थियो । त्यस पश्चात लगातार हरेक वर्ष यो दिवसलाई साहसिक कार्य गर्ने दिवसको रुपमा मनाउंदै आएको र यसै क्रममा अश्ट्रेलियाको उच्च पर्वत माउण्ट कोजुअस्कोमा नेपाली झण्डा गाडेको , प्रशान्त महासागरको पिंधमा नेपाली पहिचान पुर्याएको , अनेकौं पर्वमालाहरुको आरोहण लगायतका कार्य गर्दै आएका सगरमाथा दिवसको प्रचारक अभियान्ता आचार्य राजन शर्मा असनेपाल न्युजलाई बताउंनु हुन्छ । यस्तै सो दिवसलाई यो वर्ष पनि विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले पश्चिम सिड्नीको मेन्ल्याण्ड लेक मा नेपाली झन्डा सहीतको डुंङ्गा दौड प्रतियोगिता गरेको छ । यस्तै अर्का अभियन्ता विमल केसिले हरेक वर्ष झै यो वर्ष पनि साहसिक कृयालाई प्राथमिकता दिंदैं चर्चित पर्वतहरुको एक युवा समुहका साथ पदयात्राा र आरोहण कार्य आयोजना गरेको असनेपाल न्युजलाई बताउंनु भयो ।
‘फेन्का” अध्यक्ष डा कृष्ण हमालका अनुसार फेन्काका संयोजकहरुको पहलमा यो दिवस सबै स्टेटमा मनाइएको छ । सगरमाथा संरक्षण, वातरणिय दुष्प्रभाव विरुद्द सचेतना यस दिवसले दिने डा हमाल बताउंनु हुन्छ ।५ किलोमिटर पैदल यात्रा गर्दै सिड्नीमा विषेश रुपले यो दिवस मनाईेएको छ । नेपाली समुदायका सबै अगुवा र प्रतिनिधिको सो अवसरमा सहभागीता थियो । यो दिवसको महत्वको चर्चा गर्दै यसको निरन्तरताको वारेमा कार्यक्रमको समाप्तिमा वक्ता हरुले आ-आफ्नो धारणा राखेका थिए ।

५ किलोमिटर पैदल यात्रा गर्दै सिड्नीमा विषेश रुपले यो दिवस मनाईेएको छ । नेपाली समुदायका सबै अगुवा र प्रतिनिधिको सो अवसरमा सहभागीता थियो । यो दिवसको महत्वको चर्चा गर्दै यसको निरन्तरताको वारेमा कार्यक्रमको समाप्तिमा वक्ता हरुले आ-आफ्नो धारणा राखेका थिए ।
यस दिवसका शुरुवात देखिनै निरन्तर अभियानमा जुट्ने मध्येका एक आचार्य राजन शर्माका अनुसार सगरमाथा सर्वोच्च शिखर मात्रै नभएर नेपाली श्रेष्ठताको प्रतिक हो । नेपालको मात्र नभएर विश्वकै शिर हो । शिर भन्नासाथ शिरमा मुखमण्डल हुन्छ

May be an image of 10 people, people standing and outdoors
This day is proudly marked around the world to celebrate the extraordinary legacy and significance of the First Ascent of Mount Everest by the legendary mountaineers and boost the mountain tourism in Nepal:Copied -Bishnu Hamal FB wall.

। ज्ञान प्रवाह गर्ने वाणिको प्रारम्भ विन्दु हुन्छ । तसर्थ सगरमाथा दिवसको प्रचारले ज्ञान भुमि,देव भुमि र प्रथम संन्स्कार भुमि नेपाल नै हो भन्ने विश्वमा सन्देश प्रवाह हुनसक्छ । नेपाल विश्वकै गुरु देश पनि हो भन्ने आधार पनि सँगै प्रवाह हुन सकिरहेको छ । यहि सन्देशलाई विश्व जगतमा प्रवाह गर्ने क्रममा सन् २०११ मा सगरमाथा दिवसकै नाममा नेपाली झण्डा ,दौरा शुरुवाल सहित अष्ट्रेलियाको सबै भन्दा उचाईको स्काई डाइभिङ्ग मार्फत कीर्तिमान राख्ने सौभाग्य आजैको दिन मिलेको थियो । सन् २०१२ मा प्रसान्त महासागरको पिंधमा नेपाली झण्डा पुर्याउंने कीर्तीमानको सौभाग्य र अर्को साल लगत्तै अष्ट्रेलियाको सबै भन्दा उचाइको पर्वत ‘माउन्ट कोजुअस्को “को शिखरमा नेपाली झन्डा फहराउंन सफल भएका थिए । कोजुअस्कोमा झण्डोत्तोलन गर्ने क्रममा नेपाली दुतावास , न्यु साउथ वेल्स महावाणिज्य दुतावास ,लगायात अभियन्ता युवाहरु सन्जीव पाण्डे ,आचार्य राजन शर्मा ,प्रदिप चापागाई ,विमल के सि, राजन छेत्री, ॠषि आचार्य , निष्प्रभ सजि,लगायत्का युवाहरुले लगातार ८ घण्टाको पैदल यात्राा गरेर कोजुस्कोको शिखरमा नेपाली झन्डा फहराउंनु भएको थियो ।
आज यसको विस्तारित रुप स्वरुप नेपाली समुदायको साझा संस्था ‘फेन्का ‘द्वारा विशेष पद यात्रा , विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज द्वारा नेपाली झण्डा सहित ‘मेन्ल्याण्ड लेक मा कायाक दौड र योग साधना ” तथा विमल केसि लगायतका
युवाहरुको समुहद्वारा अष्ट्रेलियाली पर्वतहरुमा पदमात्रा सम्पन्न हुनु अब यस दिवसले संस्थागत विस्तार पाएको आयोजक हरु बताउंनु हुन्छ ।

।

May be an image of 6 people
अष्ट्रेलियाको सबै भन्दा उचाइको पर्वत ‘माउन्ट कोजुअस्को “को शिखरमा नेपाली झन्डा फहराउंन सफल May 29 2012 । कोजुअस्कोमा झण्डोत्तोलन गर्ने क्रममा नेपाली दुतावास , न्यु साउथ वेल्स महावाणिज्य दुतावास ,लगायात अभियन्ता युवाहरु सन्जीव पाण्डे ,आचार्य राजन शर्मा(Bhimsen Sapkota) ,प्रदिप चापागाई ,विमल के सि, राजन छेत्री, ॠषि आचार्य , निष्प्रभ सजि,लगायत्का युवाहरुले लगातार ८ घण्टाको पैदल यात्राा गरेर कोजुस्कोको शिखरमा नेपाली झन्डा .
May be an image of 3 people, people standing, outdoors and tree
International Everest Day 2022 -, We joined members of the Federation of Nepalese Community Associations of Australia Incorporated (FenCAA), along with Mr. Deepak Kumar Khadka, Honorary Consul-General of Nepal in New South Wales, Dev Gurung VP NRNA NSW, Bishnu Hamal State Coordinator NSW and hundreds others, for a 5 KM walk to raise awareness and celebrate the magnificent natural wonder Mount Everest with the message “Lets Preserve Everest” History was created on this day 68 years ago when Sherpa Tenzing Norgay of Nepal and Edmund Hillary of New Zealand climbed Mount Everest. Congratulations and well done Fencaa NSW
May be an image of 1 person and text that says 'Divers with a Nepalese flag off Quarantine Station on Wednesday'
प्रसान्त महासागरको पिंधमा नेपाली झण्डा पुर्याउंने कीर्तीमानको सौभाग्यलाई स्थानिय पत्रीका ले प्रकाशनगरेको समाचार अंश भित्रको एक सम्झना तस्वीर । तस्वीरमा अष्ट्रेलियाली मार्गदर्शक र अभियन्ता आचार्य राजन शर्मा ।
May be an image of 1 person
May 29 ,2011 को दिन १४ हजार फिट उचाइ बाट नेपाली दौरा शुरुवाल र झण्डा सहित “ओलङ्गंगङ्ग”को अस्ट्रेलियाली आकाशमा सबै भन्दा उचाइको “स्काइ डाइभिन्ङ” मार्फत नेपाली कीर्तिमान राख्दाको सम्झना । तस्वीरमा अभियानता आचार्य राजन शर्मा र अष्ट्रेलियाली संचालक । समुद्र माथिबाट ‘फ्री फल’ गर्नु कहालि लाग्दो भएपनि रास्ट्रियता सङ्ग जोडिएको प्रसँगले मनमा हिम्मत भने हराएको थिएँन्। मुटु गाँठो पारेर बादल माथि खसेको त्यो क्षण सदैव अविस्मरणिय बनिरहेको द्रिष्य । Sky Diving by Acharya Rajan Sharma at Wollongong.
May be an image of 16 people, people standing, people sitting and outdoors
नेपाली योग गुरुको अभियानमा विदेशिहरुको विचमा योग साधना सहित मनाईेको दिवसको उत्सव ।

सम्बन्धित शिर्षकहरु