काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेपाल टेलिकमले अफर सार्वजनिक गरेको छ । नेपाल टेलिकमले आइतबारबाट जेठ चार गनेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।
अफर अनुसार ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट फोन गर्न सकिने भएको छ । ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने समेत टेलिकमले उल्लेख गरेको छ । निर्वाचन ३० वैशाखमा हुँदैछ ।







