काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि हालसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अनुसार, अहिलेसम्म ५६ जनाको मनोनयन दर्ताको काम सकिएको छ ।
काठमाडौंको महाननगर प्रमुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट कलाकार मदन दास श्रेष्ठ र स्वतन्त्रबाट बालेन शाह सहित ५६ जनाले उम्मेद्वारी दिएका हुन् ।








