काठमाडौ- नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा अब केहि झन कडाइ गर्न लागेको बताएको छ । सिमकार्ड बिक्री वितरण गर्दा आवश्यक कागजात राम्रोसँग नभरिकन सिम कार्ड बितरण गरिदा ग्राहक को रेकर्ड राख्न र पहिचान खुल्न निकै कठिनाइ हुने गरेको प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्री वितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र सिमकार्ड बिक्री वितरण गर्न सुझाएको छ। “मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ”, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै आज देखि ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ । यसका साथै आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्रै सिमकार्ड /रिमकार्ड बिक्रीवितरण गर्न गराउन हुन संबंधित सबै निकायहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ । [Ausnepalnews:Kathmandu]
सम्बन्धित शिर्षकहरु
विश्वभर संक्रमितको संख्या २ करोड ४८ लाख, १ करोड ७२ लाख संक्रमण मुक्त
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २ करोड ४८ […]
सन्नीको सम्पत्ती ८७ करोड !
एजेन्सी, पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीको डिमाण्ड आज विश्वभर छ । बलिउड चलचित्रमा लागेको केही […]
ग्लोबल आइएमई बैंकलाई अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्न स्विकृति
कात्तिक २८ । काठमाडौं, ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्न लागि नेपाल राष्ट्र बैंकबाट […]
पुस १४ गते प्रचण्ड–नेपाल समूहको काठमाडौंमा शक्ति प्रर्दशन, ५० हजार कार्यकर्ता उतार्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले पुस १४ गते […]
लेबनान बम विष्फोट घटनामा परि मृत्यु हुनेको संख्या १ सय ३५,४ हजार बढी घाइते
काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको भयानक बम विष्फोट घटनामा परि मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ […]
यातायात व्यावशायीको पीडामा सरकारले आँखा चिम्लियोः महासचिब सरोज सिटौला
लकडाउन सुरु भएसँगै सार्वजनिक यातायात नचलेको पनि झण्डै चार महिना बितिसक्यो । सरकार र यातायात व्यावशायीबीचको […]


