पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु,३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा

काठमाडौं । पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा शुरु भएको छ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा शुर भएको हो ।

महोत्सवमा ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

सम्बन्धित शिर्षकहरु