किभ नजिकैको इरपिन शहरलाई युक्रेनी सेनाले रुसी सेनाबाट मुक्त गरेको दाबी

एजेन्सी- राजधानी किभ नजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् ।

‘किभ र इरपिन कब्जा गर्नेहरुलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘रुसी फौज किभको उत्तरी क्षेत्रमा छन्, उनीहरूसँग जनशक्ति र श्रोत छ । उनीहरु ध्वस्त भएका एकाइ पुनर्निर्माण गर्ने प्रयासमा छन् ।’ जलेन्स्कीको भनाइ छ ।

रणनीतिक रुपमा इरपिन शहरलाई किभ क्षेत्रको निकै ठूलो महत्व रहेको बताइन्छ । किभको उत्तर पश्चिम दिशामा रहेको यो शहरलाई रुसी फौजले कब्जा गरेको खण्डमा मुलुकको पश्चिमलाई किभसँग जोड्ने प्रमुख नाका बन्द हुने जनाइएको छ ।

यो शहरलाई नियन्त्रणमा लिन लामो समयदेखि रुसी र युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको थियो । यसरि आज एक्कासि किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनले दाबी गरेको संचार माध्यमहरुले जनाएका छन। [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु