स्थानीय तह निर्वाचनका निम्ति झन्डै २ करोड मतपत्र छापिने

काठमाडौं । यहीं आउँदो वैशाख ३० गतेको हुन लागेको स्थानीय तहको निर्वाचनका लागि झन्डै २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कुल मतदाताभन्दा करिब १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिएका हुन् । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको उहाले जानकारी दिएका छन । प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएको छ ।

आउदो स्थानीय तह निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ । अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले जानकारी गराएका छन। आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाईका लागि विभिन्न आपुर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको प्रवक्ता आर्यालले जानकारी दिएका छन ।

सम्बन्धित शिर्षकहरु