गोरखादेखि नेपाली सेनाको पदयात्रा शुरु, पुस २७ गते हनुमानढोका आइपुग्ने

काठमाडौं । नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्मको पदयात्रा सुरू गरेको छ । तीन सय औं पृथ्वीजयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि काठमाण्डुको हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा गर्न लागेको हो ।

सेनाको गोरखास्थित रिपुमर्दन दल गणका सेनाले आज बिहानदेखि पदयात्रा थालेका हुन् । पृथ्वीनारायण शाहकालीन सेनाले लगाउने खालका पोशाकमा सजिएका १० जना सेनासहित ४० जनाले पदयात्रा सुरु गरेका छन् । उनीहरु गोरखा, धादिङ, नुवाकोट हुँदै पुस २७ मा हनुमानढोका आइपुग्नेछन् ।

सम्बन्धित शिर्षकहरु