मंसिर ८ । काम अनुसारको तलब नपाएको भन्दै नेपाली सहित ७ सय कामदारले कतारमा आन्दोलन गरिरहेका छन ।
आन्दोलनमा झन्डै न्युन तलबमा कार्यरत ६०० नेपाली सहभागि रहेका छन ।
कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् ।
कतारस्थित नेपाली दुताबासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर दुईदिन देखि हड्तालमा उत्रिएका हुन् ।
कामदार निरिक्षक लिलानाथ दाहालले कामदारहरुले आफ्नो तलब बढाउन माग राखेको र उनीहरु यही तलबमा काम गर्न सहमत नभएको बताउनु भयो ।
उहाका अनुसार आन्दोलित कामदारहरुले न्युनतम तलब ६ सय रियालमा काम गर्दै आएका छन् ।
उनीहरुले नेपाल सरकारले तोके बमोजिम ९ सय रियाल हुनुपर्ने बताएको छ ।
काडारहरुले ६ सय रियाल तलबले दैनिक खाना खान मात्र निर्वाह हुने भएकोले अब तलब नभढाए काम नगर्ने बताएका छन ।
कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन ।
ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् । उनीहरु कतार फ्रिल्यान्स टे्रडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् ।








