रूपन्देही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोख्रेल, महासचिवमा रञ्जिता भण्डारी

अष्ट्रेलिया । रूपन्देही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल चयन भएका छन् ।

आइतवार रक्डेलमा सपन्न भएको अधिवेशनले आगामी दुईवर्षको लागि २०२२–२०२४ को लागि २८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

पोख्रेलको अध्यक्षता रहेको उक्त समाजमा वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ्ले, महासचिवमा रञ्जिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा चयन भएका हुन् ।

भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सह–संयोजकमा प्रदीप खनाल, जनसम्पर्क अधिकृतमा सुरज खत्री, परियोजना संयोजकमा राजन खड़का, आई.टी. कन्सलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सह–संयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सह–संयोजकमा ग्रीष्मा पाण्डेले जिम्मा पाएका छन् ।

त्यसै गरी अन्य सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन् । त्यस्तै समाजले सल्लाहकार समिति समेत गठन गरेको छ ।

जसको सदस्यहरुमा डा। प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेल रहेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव शिशिर नेपाल, समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार राज खनाल, समाजका पूर्वअध्यक्ष कृष्ण गैरे समेत सहभागी थिए ।

त्यस्तै एनआरएनए न्यू साउथ वेल्स राज्यकी उपसंयोजक सुकीर्ति भट्ट, एनआरएनए ओसनिया क्षेत्रका पूर्वसंयोजक धर्मराज अधिकारी, फेन्का अष्ट्रेलियाका महासचिव डा. मधु पुडासैनी, प्रवासी नेपाली युवा मञ्च, अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, सोही संस्थाका केन्द्रीय सदस्य एवं मल्टी ड़ाइनामिक रियल स्टेटका प्रमुख मेघराज पौडेल, फेनका न्यू साउथ वेल्स राज्यका अध्यक्ष विष्णु हमाल, प्रवासी नेपाली मञ्च न्यु साउथ वेल्स राज्य अष्ट्रेलियाका सचिव शिव पौडेल, गुल्मी समाज अष्ट्रेलियाका अध्यक्ष भीम खरेल, अर्घाखाँची समाज नेपालका महासचिव मीन भुषाल, नाइफा पूर्व अध्यक्ष सागर अधिकारी, एनआरएनए अभियन्ता डिला खरेल, भीमसेन सापकोटा, डा. नारायण प्रधान, युवराज भट्टराई, अनीसास न्यु साउथ वेल्स प्रमुख ममता तिवारी लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङसहित एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, फेन्का अध्यक्ष विष्णु हमाल, महासचिव डा। मधु पुडासैनी, एनआरएनए न्यू साथउ वेल्स सह–संयोजक सुकृति भट्ट, एनआरएनए नेत्री इन्द्रा बन, अरुण गौतम, मल्टीडायनामिक रियलस्टेटका प्रिन्सिपल व्यावसायी मेघराज पौडेल, भीमसेन सापकोटा, राज खनाल, धर्मराज अधिकारी, शिशिर नेपाल लगायतले सम्बोधन गर्दै नयाँ कार्यसमितिलाई शुभकामना समेत दिएका थिए ।

समाजका महासचिव दिवाकर काफ्लेले सञ्चालन गरेको कार्यक्रममा करिब १५० जना सहभागी थिए । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु