काठमाडौं । सरकारले आइतवारदेखि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिने शुरु गरेको छ ।
दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई लगाउने निर्णय गरेको हो।
यसअघि खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहलाई खोप दिएको थियो ।
खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्।
खोपकेन्द्र ललितपुरमा पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पताल तोकिएको छ ।








