एकै परिवारका ४५० भन्दा अधिक सदस्यहरु भेला भए। टिका आशिर्वाद थापे । रमे-रमाए ,आत्म जागरणको माधुर्यतामा आपसमा पुलकित भए ।
विश्वभरका छरिएका योगिजनहरु मिलेर दशैंको परम्परागत रुप-रङ्ग नै फेरि दिए । यस अघि नौ दिन सम्म लगातार वलि चढाए ।पन्च मकारको घनघोर वलि चढाए। तर त्यो बलि रक्त्त पात विहिन आफै भित्रको वेहोसिको वलि थियो । मांस वलिमा देह मोह माथि उठ्ने मुलधार चक्र साथना । मैथुन वलिमा ब्रम्हचर्य सहितको स्वाधिस् ठान चक्र साधना। मदिरा वलिमा मणिपुर चक्र साधना । मत्स्य वलिमा र्हिदय चक्र साधना र मुद्रा वलिमा विशुद्दि चक्र साधना । शरिरमा घामको पाईलाले टेक्नु अघि , धर्तिबाट विहानिको अध्यारो भाग्नु अघि उनिहरुले एउटै लयमा श्वास ,शब्द र तपको अग्नि प्रज्वलित गरेका थिए ।
त्यो ठुलो विश्व परिवार थियो । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)परिवार। विश्वका ३२ भन्दा बढी राष्ट्रका परा ज्ञानका अन्वेषकहरु एउटै छत्र छायांमा रहेर यो दशैंलाई साधना मय बनाएका हुन्। विश्वलाई नै योगमय बनाउंने र नेपाललाई योग गुरु गन्तव्यको देश बनाउंने अभियानमा यो परिवार यसोत हर ब्रम्हमुहुर्तमा साधनाको अग्निमा सामुहिक न्यानोपन पाउंने गर्छ ।
आफ्नो सम्पूर्ण आर्जन , समय र साधनलाई नेपाल भुमिको अध्यात्मिक उन्नतिमा समर्पण गर्नु हुने योगी आचार्य श्री राजन शर्मा गुरुदेवको असिम कृपाले हजारौं हैन लाखौं लाखले नयाँं रुपान्तरणको बाटो पाउंदै छन्। विश्व भरि मान्यता प्राप्त विश्वका प्रमुख अलायन्स हरुको लाखौंं मुल्यका २००- १५०० घण्टा सम्मका अन्तरराष्ट्रिय योग शिक्षक कोर्ष, वैदिक साहित्यका सम्पूर्ण आयाम ,योगको गहिरो अनुसन्धान, ज्योतिष , वास्तु , वैदिक गणित , वक्तव्यकला , उपनिषद , प्रार्थमिक उपचार आदिको नि:शुल्क अध्ययनमा यो परिवारले सबैलाई ढोका खुला गरेर एक ऐतिहासिक कदम उठाएको छ । अर्थ अभावकै कारण योगको वैश्विक योग्यताको पहुंच हांसिल गर्न नसकेका आम नेपालीका लागि यो एउटा सुनौंलो चिट्ठा परे सरह हुन पुगेको सहभागिहरु खुलेर भाव राख्छन्।
न लेन देन । न अद्रिष्य व्यपार । न राजनीतिक गन्ध न त साम्प्रदायिकता । न विभेद, न पदिय खिचातानि। केवल प्रेम र स्नेहले जोडीएका यो विश्व परिवार।
दशैं भरि साविकको भन्दा गहिरो साधनामा जुटे। एक छाक फलाहार । गृहस्थी भएर पनि ब्रम्हचर्य । एकै समयको महाशक्ति साधना। अनौठो उर्जका विच सम्पन्न यो मिठो परिवारले दशैंको टिकामा साधना उत्सव मनाए ।
प्रेमले भरिएका र्हिदयका रसहरुलाई आंखाको डिलले थाम्न सकेनन्। सबै पोखिए अनि भरिए । एक पटक हेर्न लायक विजयोत्सवको विजया दशमि अब सधैंं संधै यसरि नै बग्ने छ हरेकको जीवनमा ।
त्यो प्रेम आनन्दको मधुमास हेर्न छुटाउंनुहरुले , केहि झलक यो लिङ्कमा हेरेर आफुलाई धन्य बनाउंन सक्नु हुनेछ ।
https://www.facebook.com/Globalpeacesociety108/videos/960795981448184
दशैं साधनाका दश दिने ध्यान र तन्त्र प्याकेज यस्तो छ :
शैलपुत्र देखि सिद्दिधात्रि सम्मको साधना यात्रा
(9th Day )
8th Day
7th Day
6th day
5th Day
4rth Day
3rd day
2nda Day
1st Day









