दशैँ मनाउन जाने सैनिक र परिवारलाई निःशुल्क यातायात सुविधा

काठमाडौं । नेपाली सेनाले दशैँ मनाउन जाने आफ्ना कर्मचारीलाई निशुल्क घरसम्म पुर्‍याइरहेको जनाएको छ। जमिन र हवाई मार्ग दुवैबाट उनीहरुलाई घर पुर्‍याउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ।

सैनिक कल्याणकारी कोषबाट उनीहरुलाई यो सुविधा उपलब्ध गराइएको हो। सेनाका अनुसार जमिनको बाटो भएर ५ सय २० जना र हवाई मार्गबाट ८६ जनालाई घर पुर्‍याइएको छ। निशुल्क यातायात सेवाको क्रम जारी रहेको सेनाले जनाएको छ।

सडक सन्जालको सहज पहुँच नभएका कर्मचारी र तीन परिवारलाई हवाई मार्गबाट पुर्‍याइरहेको सेनाले जनाएको छ। नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्माले जिम्मेवारी सम्हालेपछिको पहिलो सम्बोधनमै यो सुविधा उपलब्ध गराउने घोषणा गरेका थिए। नेपाली सेनामा करिब एक लाख कर्मचारी रहेका छन्।

सम्बन्धित शिर्षकहरु