अष्ट्रेलियामा सम्बद्द स्वास्थ्य पेशेवरहरुको सन्जाल गठन
असनेपाल न्युज । सिड्नी । अष्ट्रेलियामा सम्बद्द स्वास्थ्य पेशेवरहरुको एक सन्स्था स्थापना भएको छ । नेपालीज अष्ट्रेलियन अलाइड हेल्थ प्रोफेसनल असोसिएसन इन्क(नाफा) नेपलिज Australian Allied Health Professional Association Inc. (NAAHPA) को नाम रहेको सो संस्था अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा विधिवत दर्ता भएको सो पदाधिकारीहरुले असनेपाल न्युजलाई जनाएका छन्।
यस संस्थालाई वैधानिकता दिने प्रयास निकै अगाडि देखि चले पनि यसले मूर्तरूप भने सन् २०२१ को अप्रिल महिनामा प्राप्त गरेको जनाईेको छ । सन् २०२१ को अप्रिल महिनामा नेपाली मुलुकका अस्थायी वा स्थायी रुपमा अस्ट्रेलियामा बसोबास गरी Allied Health व्यवसायी सहभागी भई काम गरिरहेका वा Allied Health Professional बन्ने आकांक्ष्या राखि कार्य गरिरहेका नेपालीहरु मिलेर मुहार पुस्तिका सन्देश समुह का रुपमा संस्थाको जग बसालेको संस्थाका प्रवक्त्ताले जनाएका छन् । समूहमा भएका चरणबद्ध छलफलहरुबाट निस्किएको निष्कर्ष अनुरुप सन् २०२१ अप्रिल १८ का दिन खुल्ला भर्चुअल बैठक जुम मार्फत सम्पन्न भएको सन्स्थाकि कार्यकारि सदस्य चांदनि खनालले असनेपाल न्युजलाई जानकारि दिनु भयो । सो बैठकमा Allied Health अन्तर्गत रहेका बिभिन्न बिधाहरु जस्तै :फिजियोथेरापी,अकुपेसनल थेरापी ,सोसल वर्क, काइरोप्राक्ट आदि सम्मिलित केन्द्रीय कार्य समिति बनाउने निर्यण भएको छ। सन् २०२१ अगस्ट २४ गतेका दिन यस संस्थाको बिधिबत दर्ता कार्य सम्पन्न भएको र पदाधिकारी निम्न रहेको प्रवक्त्ता निर्मल कार्किद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अध्यक्ष – प्रकाश धिताल, फिजियोथेरापी, क्विन्सल्याण्ड
उपध्यक्ष- म्याक बिष्ट, अकुपेशनल थेरापी, क्विन्सल्याण्ड
कोषाध्यक्ष – जीव नाथ दवकोटा, अकुपेशनल थेरापी , क्विन्सल्याण्ड
सचिव – राजु स्वार फिजियोथेरापी, क्विन्सल्याण्ड
सहसचिव – अमृत सापकोटा, फिजियोथेरापी, न्यू साउथ वेल्स
प्रवक्ता- निर्मल कार्की, फिजियोथेरापी, न्यू साउथ वेल्स
कार्यकारी सदस्य -सुनीति अमात्य, फिजियोथेरापी,भिक्टोरिया
कार्यकारी सदस्य – रुमा वाग्ले, सोसल वर्क, क्विन्सल्याण्ड
कार्यकारी सदस्य – चाँदनी खनाल, फिजियोथेरापी, न्यू साउथ वेल्स
संस्थाले अस्ट्रेलियामा कार्यरत अथवा निकट भविष्यमा Allied Health व्यवसायी बन्ने सोच बनाएका नेपाली मुलका ब्यक्तिहरुलाई एकीकृत गरी Allied Health संग सरोकार राख्ने सबै व्यवसायहरुलाई प्रोत्साहन गर्ने तयारि गरेको छ ।








