स्वास्थ्यका हिसाबले शाकाहारी खाना खानुका यस्ता छन् फाइदाहरु

काठमाडौं । स्वास्थ्यका हिसाबले शाकाहारी भोजन महत्वपुर्ण रहेको विज्ञहरु बताउँछन् । पछिल्लो समय शाकाहारी खाना खान चिकित्सकहरुले समेत सल्लाह दिने गरेका छन् । विभिन्न अध्ययन अनुसन्धानले समेत शाकाहारी भोजन मानिसको स्वास्थ्यको लागि महत्वपुर्ण रहेको तथ्य पत्ता लागेको छ ।

यस्ता छन् शाकाहारी खाना खानुका फाइदाहरु

-शाकाहारी खानामा बोसो र चिल्लोपन नहुने हुँदा पचाउन सजिलो हुन्छ ।

-शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व हुन्छन्, जुन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । त्यसका साथै भिटामिन, फाइबरजस्ता पदार्थ पनि पाइन्छ ।

-मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी मानिन्छ ।

-शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसँग सम्बन्धित समस्या हुने सम्भावना कम हुन्छ । किनकि, यिनीहरूले कोलेस्ट्रोल बढ्न दिँदैनन् ।

– उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।

-शुद्ध शाकाहारी भोजन लिने व्यक्तिलाई मुटुरोगको सम्भावना कम हुन्छ ।

-हरियो सागसब्जीमा भिटामिन ए प्रशस्त हुने हुँदा आँखा तेज बनाउछ, छाला स्वस्थ बनाउँछ, दाँत बलियो बनाउन मद्दत गर्छ ।

सम्बन्धित शिर्षकहरु