सिन्धुपाल्चोकमा बस दुर्घटना, दुईको मृत्यु, ३१ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा सार्वजनिक यातायात दुर्घटना भएको छ।

यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएको जनाइएको छ। दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयबासीले जनाएका छन् ।

ठोकर्पावाट काठमाडौ आउँदै गरेको बस दुर्घटनामा परेको हो। सुनकोशी गाउँपालिका ३, छापको घुम्तीमा दुर्घटना भएको चौलागाईंले बताए। बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो।

लिसङ्खुपाखर गाउँपालिकाको बाफलवाट काठमाडौ आउँदै गरेको बस सात मिटर तल झरेको थियो।

दुर्घटनामा घाइते ६ जनाको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने अरुलाई धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनामा परी घाइते हुनेमध्ये तीनको अवस्था गम्भीर रहेको जनाइएको छ।

सम्बन्धित शिर्षकहरु