काठमाडौं । निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ ।
बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो ।
कोरोना संक्रमित संख्या घट्दै गएकोले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी उडान खोल्न लागिएको छ।
विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।
नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।
विमानस्थल कार्यालयका अनुसार हाललाई बुद्ध एयरलाई दैनिक सबैभन्दा धेरै ३१ उडान गर्न दिइने भएको छ । यस्तै, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटीओएलतर्फ उडान गर्नेलाई ३र३ उडान स्वीकृति दिइएको छ।








