कप्तान पारस डिभिजन टूको उत्कृष्ट खेलाडी घोषित

काठमाडौ,नेेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ ।
नेदरल्याण्ड च्याम्पियन बनेको छ भने नेपाली कप्तान पारस प्लेयर अफ दि सिरिज घोषित हुनु भएको हो ।
नामिबियामा खड्काको व्याटिङ र बलिङ दुबै उत्कृष्ट थियो । उनले ६ विकेट लिएका छन् भने दुई अर्धशतकसहित १८५ रन बनाएका छन् ।
यसैबीच नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले डिभिजन टूको उपाधि जितेको छ ।
पहिले व्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो । उसका लागि विलियम्सले ५४ रन बनाए ।
जवाफमा नेदरल्याण्डले ४१ ओभरमा मात्र २ विकेट गुमाएर जित हात पार्‍यो । उसका लागि पिटर बोरेनले अविजित ६० तथा बेन कुपरले अविजित ५१ रन बनाए । उसका माइबर्गले ५० र महमदले ४१ रन बनाए ।नामिबियाको ५ विकेट लिएका रिपोन म्यान अफ दि फाइनल बन्नु भयो ।

सम्बन्धित शिर्षकहरु