सिड्नी । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजना र विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको सह आयोजनामा अष्टे«लियाको राजधानी सिड्नीमा कार्यक्रम सम्पन्न भएको छ ।
आचार्य राजन शर्माको प्रमुख मार्ग निर्देशनमा भएको कार्यक्रममा प्राचीनकालमा वनमा बसेर ऋषिमुनिले ध्यान साधनाका माध्यमबाट विकसित गरेको पुँजीका रुपमा रहेको योग नेपालबाट विश्व जगत्मा फैल्याउन सम्भव हुनेमा जोड दिइएको थियो । कार्यक्रममा शर्माले नेपाल विश्वमै योग गुरुका रुपमा स्थापित हुनसक्ने बताउनुभयो । दैनिक योग अभ्यासबाट दिनचर्यालाई राम्रो बनाउन सहयोग गर्ने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा एनआरएनएका तर्फबाट नन्द गुरुङ देव गुरुङलगायतले यस समुदायमा आचार्य राजन शर्माले पु¥याउनुभएको योगदानका बारेमा मुक्तकण्ठले प्रसंशा गर्नुभएको थियो । योग उत्प्रेरकका माध्यमबाट जीवनशैली सुधार गर्न सहयोग पुगेको उहाँहरुको भनाई थियो ।
सोही अवसरमा योग प्रशिक्षक सन्ध्या पराजुलीले पनि आफ्नो प्रस्तुति राख्दै सबैलाई प्रेरणा प्रदान गर्नुभएको थियो । अष्टे«लियामा योग उत्प्रेरक शर्माले विगत १३ वर्षदेखि योग प्रवर्तन गर्दैै आउनुभएको छ । योग दिवस सन् २०१५ देखि नै मनाउन शुरु गरिएको हो ।








