अस्ट्रेलिया/असनेपाल न्युज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) न्यू साउथ वेल्स (NSW) च्याप्टरको अधिवेशन हालै सम्पन्न भएको छ ।उक्त अधिवेशनले ममता तिवारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि ममता तिवारी र विदुर प्रसाद सापकोटा गरी २ जनाको उम्मेद्वारी परेपछि चुनावबाट तिवारी निर्वाचित हुनु भएको हो ।
दुई जनाको उम्वेद्वारि परेपछि विजेताको रुपमा ममता तिवारी र उपविजेताको रुपमा विदुर प्रसाद सापकोटा रहनु भएको निर्वाचन समितिका सदस्य सुजित सिग्देलले असनेपाल न्युजलाई बताउनु भयो । संस्थाको अन्य पदाधिकारीको जिम्मेवारी भने अझै बाँडफाँड गर्न बाँकी रहेको च्याप्टरले जनाएको छ ।
नयाँ कार्य समिति चयन गरेपछि च्याप्टरले एक कार्यक्रममको आयोजन गरेको थियो । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

सो अधिवेशन घोषणसभा कार्यक्रममा सभापतिको रुपमा पूर्व अध्यक्ष महेश्वर शर्माले संस्थाको कार्यपत्र तथा कार्यविधि प्रस्तुत गर्नु भएको थियो । भने प्रविन टण्डनले आकर्षक ढंगमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न वत्ताहरुले आ-आफ्ना धारण राख्नु भएको थियो । अध्यक्ष तिवारीले भने आफ्नो कार्यकालमा गर्न सक्ने विभिन्न योजनाहरुको प्रस्तुती राख्नु भएको थियो ।
सो अवसरमा च्याप्टरका संस्ठापक, पूर्वकेन्द्रिय उपाध्यक्ष तथा सद्भावनादूत राजदुत आर्चाय राजन शर्माले ‘पदहरु आँउछन् जान्छन्, सम्बन्धहरु सधै रहि रहन पर्ने तथा साहित्यको प्रवर्द्दन गर्ने लक्ष्य चाँही मुख्य’ रहेको बताउनु भयो ।
सो अवसरमा च्याप्टरका पूर्व अध्यक्ष सानु घिमिरे, समुदायको तर्फबाट रञ्जु वाग्ले लगायत विभिन्न वत्ताहरुले आ- आफ्नो धारणा राख्दै प्रवासमा नेपाली साहित्यको प्रवर्द्दनको लागि अनेसासले गरेको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।
अनेसास एनएस डब्लु सन् २०११ देखि स्थापना भएको हो । पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका विश्व सद्भावना राजदुत आर्चाय राजन शर्मा ( भीमसेन सापकोटा)ले सो संस्थाको शुरुवात गर्नु भएको थियो ।त्यसपछि सानु घिमिरे, महेन्द्र पौडेल , महेश शर्मा र ममता तिवारी अध्यक्ष हुनु भएको छ । अनेसास च्याप्टरमा थुप्रै कलाकार, लेखक सर्जकहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाउनु भएको छ ।
निर्वाचन समितीका सुजित सिग्देल, प्रतिज्ञा अधिकारी र मनऋषि धिताललाई निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गरेकोमा सँस्थाको तर्फबाट निवर्तमान अध्यक्ष शर्माले धन्यवाद दिएका थिए ।
कार्यसमितिमा बिष्णु घिमिरे, कुमार शर्मा, विनोद महर्जन, डा.प्रकाश पौडेल, शान्ता सिटौला, भावना पराजुली, गौरी कार्की, आशिष विश्वकर्मा, रमेश अधिकारी, तथा अदित थापा रहेका छन् !संस्थाको अन्य पदाधिकारीको जिम्मेवारी भने अझै बाँडफाँड गर्न बाँकी रहेको च्याप्टरले जनाएको छ ।।








