काठमाडौं। आगामी आर्थिक बर्ष पूर्व-पश्चिम राजमार्गबाट तराई-मधेशका १८ जिल्ला सदरमुकाम हुँदै भारतीय सीमा जोड्ने सडक निर्माण गर्न सरकारले २ अर्ब १६ करोड ८० लाख रुपैयाँ खर्च गर्ने भएको छ।
यो बजेटले सडक विस्तार, ब्यापारिक मार्गहरु विस्तार र केही जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई विस्तारका लागि आवश्यक अध्ययन गरिने भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले बताएको छ।








