निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ?

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा अनुमति नलिइ विनाकाम सवारी साधन चलाए जरिवाना तिर्नु पर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा विनाकाम सावरीसाधन चलाए जरिवाना तिराउने व्यवस्था गरिएको हो । यसरी सवारी साधन चालउने दुई पांग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था अध्यादेशमा उल्लेख छ ।

अध्यादेशको दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु