कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोपको मूल्य निर्धारण

काठमाडौं । भारतमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ नामक खोपको मूल्य निर्धारण गरिएको छ ।

सेरम इन्स्टिच्युट अफ इण्डिया प्राइभेट लिमिटेड ९सीआईआई०ले उत्पादन गरिरहेको उक्त खोपमध्ये भारतको केन्द्रिय सरकारका लागि ५० प्रतिशत छुट्याईने छ भने बाँकी ५० प्रतिशत राज्य सरकार र निजी अस्पताललाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

राज्य सरकारलाई प्रति डोज भारतीय चार सय रुपैयाँ तोकिएको छ । यस्तै निजी अस्पतालहरूलाई प्रति डोज भारतीय ६ सय रुपैयाँमा विक्री गरिने कम्पनीले जनाएको छ ।

यस्तै भारतमा अमेरिकी खोपको मूल्य भारतीय १५ सय रुपैयाँ तथा चिनियाँ र रुसी खोपको भारतीय सात सय ५० रुपैयाँ पर्छ । यसको तुलनामा सीआईआईले सस्तो दरमा खोप वितरण गरेको कम्पनीको दावी छ ।

निजी कम्पनी र कर्पोरेट हाउसहरूले पनि अबको चारदेखि पाँच महिनापछि सरकारी र निजी स्वास्थ्य प्रणालीमार्फत खोप खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु